images
images

कांग्रेसका तीन प्रदेश प्रमुख बर्खास्त गर्ने सरकारको निर्णय

काठमाडौँ- सरकारले तीन वटा प्रदेशका प्रमुखलाई बर्खास्तका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

सोमबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी, मधेस र सुदूरपश्चिम प्रदेश प्रमुखलाई बर्खास्त  गर्ने निर्णय गरेको छ। गण्डकीमा पृथ्वीमान गुरूङ, मधेसमा हरिशंकर मिश्र र सुदूरपश्चिममा देवराज जोशी प्रदेशमा छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसको साथ छाडेर नेकपा एमालेको लिएसँगै त्यसको असर प्रदेश सरकारहरूमा देखा परेका थिए। प्रदेश का|ग्रेसका प्रमुखहरुलाई पदमुक्त गर्ने निर्णय भएको हो।

मन्त्रीहरू पनि हेरफेर र बर्खास्त भएका थिए। रिक्त हुने पदहरूमा मधेस प्रदेशका लागि सुमित्रा भण्डारी, गण्डकी प्रदेशका लागि डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका लागि नजिर मियाँलाई प्रमुख नियुक्त गर्न सिफारिस गर्ने निर्णय बैठकले गरेको छ।