images
images

बजेट र योजना नयाँ प्रशासकीय स्वरुप अनुरुपको बनाउनुपर्छः नारायण दाहाल

उनले सरकारले बनाउने योजनाहरु पुरानो सोच झल्कने गरी आउने गरेको भन्दै त्यो सोचलाई परिवर्तन गर्न जरुरी रहेको बताए। उनले अर्थ मन्त्रालय र योजना आयोगले बजेट र योजना बनाउँदा संघीय संरचनालाई प्राथमिकता राखेर बनाउन सुझाव दिए।

अध्यक्ष दाहालले सरकारले आर्थिक वर्षको बजेट विगतको भन्दा प्राथमिकता र सिद्धान्त तुलानात्मक रुपमा नयाँ ढङ्गमा जान खाजेको देखिएको उल्लेख गरे। उनले बजेटमा प्राथमिकता तय गर्दा देशको आवश्यकता,काम गर्ने क्षमता र सम्भावनाको विषयमा ध्यान दिन आवश्यक रहेको बताए।

अध्यक्ष दाहालले राष्ट्रिय सभा मुलतः प्रदेश र स्थानीय तह प्रतिको जिम्मेवारी भएको भन्दै  समितिहरु र सांसदहरु त्यसमा गम्भीर भएर लाग्न जरुरी रहेको बताए। उनले संघीय, प्रदेश र स्थानीय तहको सरकारबीचको पुलको काम गर्न सक्ने क्षमता राष्ट्रिय सभाले राख्नुपर्नेमा जोड दिए।

दाहालले सरकारले बनाउने योजना,बजेट जस्ता विषयमा ध्यान दिन सुझाव दिए। उनले मुलुकको अहिलेको प्राथमिकता र आवश्यकतालाई बढी जोड दिएर योजना बनाउनुपर्ने उल्लेख गरे। उनले  विकास खर्च र साधरण खर्चबीचको अन्तरबिरोध हटाउने गरी अर्थ मन्त्रालय र योजना आयोगले सोच्न जरुरी रहेको बताए।