images
images

नाउपा विवाद : श्रेष्ठ पक्षद्वारा घनश्याम चौधरीलाई दलको नेताबाट बर्खास्त

धनगढी-नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम संसदीय दलका नेताबाट घनश्याम चौधरीलाई बर्खास्त गरेकी छन् ।

पार्टीको सम्पूर्ण अधिकार आफूमा केन्द्रित रहेको झल्को दिँदै उनले सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीलाई बर्खास्त गरेकी हुन् । उनले आफ्नो पक्षका सांसदलाई तोकेकी सो जिम्मेवारीमा ल्याएकी छन् । उनले सांसद कैलाश चौधरीलाई संसदीय दलका नेता तोकेकी छन् ।

श्रेष्ठले चैत २५ गते सोमबार केन्द्रीय समितिको बैठकको निर्णय उल्लेख गर्दै यसअघि संसदीय दलको नेताका रुपमा घनश्याम चौधरीले कामकाज गर्ने सहमति भएकोमा दलको निर्देशनको पालना नगरेको बताएकी छन् ।

घनश्यामको ठाउँमा कैलाश चौधरीलाई संसदीय दलको नेताको जिम्मेवारी तोक्ने निर्णय गरिएको पत्रमा उल्लेख छ । यसअघि उनले आफ्नै पति एवम् पार्टीका संरक्षक रेशमलाल चौधरी पक्ष रहेको भन्दै सांसद इन्दिरा गिरीलाई पदमुक्त गरेकी थिइन् ।

naupa-letter-1712625289.png