images
images

गाेरखाकाे विरेन्द्र तालवाट हिमपहिराे खस्दा बाढीले एउटा पुल बगायाे , सतर्क रहन गृहकाे आग्रह

काठमाडाै- गोरखाको चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र तालमा जमेकाे हिमपहिराे खसेको छ । तालमा हिमपहिरो खस्दा तालको पानी छचल्किएर तल्लो क्षेत्रमा बाढी आएको छ ।

बाढीले साम्दु र सामागाउँ जोड्ने एउटा पुल बाढीले बगाएको र अरु थप क्षति हुन सक्ने भन्दै गृह मन्त्रालयले सचेत गराएकाे छ ।  स्थानीयले ताल फुटेको भनेर खबर गरेपछि सामागाउँ प्रहरी चौकीको टोली ताल रहेको क्षेत्रमा पुगेको थियो ।

गृहलाई तालकाे अवस्थावारे जानकारी गराएकाे थियाे । साे टाेलीले ताल फुटेको नभई हिमपहिरोका कारण पानी बाहिर आएको जानकारी जिल्ला प्रहरी कार्यालयमा गराएको थियो । प्रमुख जिल्ला अधिकारी भोला दाहालले तालको पानी बाहिर आएको र क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको बताए ।

बाढीले क्षति पुर्‍याउन सक्ने भन्दै धार्चे, आरुघाट लगायत क्षेत्रमा सतर्क रहन भनिएको उनले जानकारी दिए । गृहमन्त्रालयले भने वीरेन्द्र ताल वाट आएकाे पानीले बुढीगण्डकी नदीमा ठूलो बाढी आएको छ । चुमनुब्री गाँउपालिका उपाध्यक्ष लक्ष्मी गुरुङले प्रारम्भिक जानकारी अनुसार तालमा हिमपहिरो खसेको र त्यसपछि तालको पानी छचल्किएर बाहिर आएको खबर आफूहरुले पाएको बताइन् ।

हिउँ पहिरोले गोखराको चुमनुब्री गाउँपालिका-१ स्थित वीरेन्द्रतावाट हिम पहिलाे मिसिदा बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको छ।

बिहान पौने नौ बजे तिर तालमा ठूलो हिउँ पहिरो झरेको स्थानीयले बताएका छन्। ताल फुटेपछि बूढीगण्डकी नदीमा पानीको बहाब उच्च भएको छ।

बाढीले नदी आसपास क्षति गर्न सक्ने भन्दै गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। ‘बाढीले क्षति गर्ने संभावना हुन्छ।

बाढी आउनु पूर्व नै सुरक्षित रहन अपील गर्दछौं’, गृह मन्त्रालयका प्रवत्ता नारायणप्रसाद भट्टराईले भने । जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार घटनाबारे बुझ्न सामागाउँ चौकीबाट प्रहरी त्यसतर्फ गएको पनि प्रवत्ता भट्टराईले जानकारी दिए ।