अमेरिका–चीन व्यापार वार्ता सकारात्मक 

बेइजिङ, ५ फागुन  संयुक्तराज्य अमेरिका र चीनका अधिकारीहरुबीच बेइजिङमा जारी व्यापार वार्ता शुक्रबार सकिएको छ, तर दुबै मुलुक यही साता वासिङ्टनमा वार्ता गर्न राजी भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता अत्यन्तै राम्रो किसिमबाट अघि बढेको बताउनुभएको छ । तर उहाँका सल्लाहकारहरुले वार्तामा अझै पनि केही बुँदामाथि विस्तृत छलफल गर्न बाँकी रहेको बताएका छन् […]

भेनेजुएला र अमेरिकी प्रतिनिधिबीच दुई पटक बैठक

काराकास, ५ फागुन। विदेशमन्त्री जोर्ज अरेआजाले अमेरिकी विशेष प्रतिनिधिसँग पछिल्लो समय दुई पटक बैठक भइसकेको पुष्टी गर्नुभएको छ । दुई देशको सम्बन्ध सुधारका विषयमा उच्चस्तरीय दुई ओटा बैठक भइसकेको उहाँले शनिबार जानकारी दिनुभएको हो । “हामीले दुई ओटा बैठक सम्पन्न गरिसकेको साँचो हो, तर त्यसका बारेमा मैले सबै विवरण दिन सक्दिनँ, मैले गोपनीयताको ख्याल गर्नु […]

अफगानिस्तान झडप, २४ घण्टामा ५० को मृत्यु

काबुल, अफगानिस्तान, ४ फागुन ।  अफगानिस्तानको विभिन्न स्थानमा भएको आक्रमणमा विगत २४ घण्टा यता भएका झडपका क्रममा कम्तिमा ५३ व्यक्तिको मृत्यु भएको अफगानी अधिकारीले शनिबार जनाएका छन् ।  तालिवान समूहले आश्रयस्थल बनाएर बसेको उत्तरी टाखर प्रान्तको दास्त–ए–क्वाला जिल्ला, कोन्हा बजारमा सरकारी सुरक्षाफोजले हेलिकोप्टरको सहायतामा गरेको आक्रमणमा शनिबार छ लडाकूको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको […]

ट्रम्पद्वारा संकटकालको घोषणा

वासिङटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकारी शक्तिको प्रयोग गर्दै राष्ट्रिय संकटकाल घोषणा गर्नुभएको छ । देशमा संकट वा आपत् आएको अवस्थामा लगाइने यो संकटकाल अहिले लगाइएको बारेमा हाल अमेरिकामा चर्चाको विषय भएको छ । राष्ट्रिय संकटकाल घोषणा गर्दै सीमामा पर्खाल बनाउन ट्रम्पले बजेट माग गर्नु भएको छ । अमेरिकामा राष्ट्रिय संकटकालसम्बन्धी ऐन गम्भीर राष्ट्रिय […]

भारतीय प्रधानमन्त्री मोदी दक्षिण कोरिया जाने

नयाँ दिल्ली, २ फागुन। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यही फेब्रुअरी २१ देखि दक्षिण कोरियाको भ्रमणमा जानुहुने भएको छ । दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनको नियन्त्रणामा मोदी दुई दिने भ्रमणका लागि दक्षिण कोरिया जान लाग्नु भएको विदेश मन्त्रालयले बिहीबार जनाएको छ । दुई पक्षीय उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने नितीअनुसार मोदी अहिले दक्षिण कोरिया जान लाग्नु […]

२०१९ को डिसेम्बरमा अमेरिकी बजेट घाटा १३.५ अर्ब डलर

वासिङ्टन, संयुक्त राज्य अमेरिका। अमेरिकी संघीय बजेट घाटा सन् २०१८ को डिसेम्बरमा १३.५ अर्ब अमेरिकी डलर पुगेको अमेरिकी ट्रिजरी डिपार्टमेन्टले बुधबार बताएको छ । अघिल्लो बर्षको सोही महिनाको तुलनामा घाटा बजेटमा ४० प्रतिशतको कमी आएको हो । अघिल्लो बर्षको डिसेम्बरमा संघीय घाटा बजेट २३.२ अर्ब अमेरिकी डलर रहेको थियो । अमेरिकाको सम्पूर्ण खर्चमा गत बर्षको […]

रर्यालीमा भएको भागदौडपछि पन्ध्रको मृत्यु

अबुजा, २ फागुन। नाइजेरियाको दक्षिणी क्षेत्रमा आयोजित चुनावी रयालीमा भएको भागदौडमा परी परी १५ व्यक्तिको मृत्यु भएको छ । मंगलबार भएको घटनामा परी मृत्यु हुनेको संख्या बढ्दै गएर बुधबार सम्ममा १५ पुगेको अस्पताल स्रोतले जानकारी दिएको छ । घाइतेहरुलाई उपचारका लागि लगिएको पोर्ट हार्रकोर्ट शिक्षण अस्पतालका प्रवक्ता केम डानिएल इलेबिगाले जारी गरेको वक्तव्यमा १५ जनाको […]

चीन र रूसबीचको सम्बन्ध थप घनिष्ठ

  बेइजिङ, २९ माघ। चीनले रूससँगको आफ्नो सम्बन्ध सन् २०१९ मा नयाँ उचाइमा पुरयाउन चाहेको रूसका लागि चिनियाँ राजदूत ली हुईले बताउनुभएको छ । मङ्गलबार आफ्नो हस्ताक्षरमा पिपल्स डेलीमा एक लेख प्रकाशित गर्दै सन् २०१९ मा चीन–रूसबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० बर्ष मनाउँदै गर्दा दुई मुलुकले सम्बन्धलाई थप प्रगाढ पार्नेछ । विभिन्न ऋङ्खलावद्ध उत्सवका कार्यक्रमको […]

अमेरिकी सरकार र विपक्षीबीच सिमाना सुरक्षाबारे यस्तो ऎतिहासिक सहमति !

अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमानामा सुरक्षाका लागि पर्खाल निर्माणका लागि अमेरिकी सिनेटले रकम नछुट्टयाएका कारण सरकार र संसदबीच देखिएको विवादका केही बुँदामा अन्ततः सोमबार सहमति जुटेको छ । ३५ दिनसम्म अस्थायी खर्चबन्दी भएको र अमेरिकी संघीय निकायहरू खर्चविहीन हुने अवस्थाबाट गुज्रेपछि राष्ट्रपतिले एक कदम पछि हट्दै आंशिक सरकारी कार्यालयको बन्द हटेको थियो । […]

अफगानिस्तानका पूर्वराष्ट्रपतिको निधन

काबुल, २९ माघ। अफगानिस्तानका पूर्वराष्ट्रपति सिब्घाटुल्लाह मुजाद्धादीको सोमबार राती निधन भएको छ । स्थानीय सञ्चार माध्यमहरुले ९३ बर्षको उमेरमा उहाँको काबुलमै निधन भएको समाचार मङ्गलबार संप्रेषण गरेका छन् । सन् १९९२ को अप्रिलमा नाजिबुल्लाहले राजिनामा दिएपछि मुजाद्धादीले अन्तरिम राष्ट्रपतिको रुपमा देशको सेवा गर्नु भएको थियो । त्यसैगरी उहाँ सन् २००३ मा ‘लोया जिर्गा’ को अध्यक्ष […]

Social Media Auto Publish Powered By : XYZScripts.com