थाहा पाउनुभयो ? जिमेलमा थपिएका यस्ता नयाँ नयाँ फिचर्स

एजेन्सी। गुगलले हालै आफ्नो इमेल सर्भिस जिमेलमा नयाँ फिचर्सहरु थप गरेको छ । यसै साता गुगलले यसको घोषणा गरेको हो । जिमेलले राइट क्लिक मेन्यूमा केही नयाँ उपयोगी फिचरहरु थप गरेको छ । अहिले जिमेलमा राइट क्लिक मेन्यूमा रिप्लाई, डिलिट तथा आर्काइभ अप्सन रहेका छन् । अहिले नयाँ फिचर थप भएसँगै प्रयोगकर्ताले राइट क्लिक मेन्यूमा […]

निर्मलाको डिएनए परीक्षणका लागि नमुना विदेश पठाउने तयारी !

काठमाडौं। कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको भेजाइनल स्वाबमा भएको डिएनए परीक्षणका लागि विदेश पठाउने तयारी भएको छ। पछिल्लो समयमा डिएनको वैधानिकतामै प्रश्न उठ्न थालेपछि नेपाल प्रहरीले उक्त स्वाब नै जाँचका लागि विदेश पठाउने तयारी गरेको स्रोतले जानकारी दियो। ‘यसबारे छलफल भइरहेको छ। राष्ट्रिय मानव अधिकार आयोगले पनि डिएनएको वैधानिकतामाथि प्रश्न पठाएको छ,’ स्रोतले भन्यो, ‘विदेशमा […]

सवारी दुर्घटना रोक्न ‘ट्राफिक कम्युनिकेशन एप्स’

परासी । चालकबाट हुने सवारी दुर्घटनामा कमी ल्याउन नेपाल प्रहरीले ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याएको छ । विशेषगरी लामो दूरीका सार्वजनिक सवारीसाधनमा अनिवार्य दुई चालक हुनुपर्ने कानूनी व्यवस्थालाई प्रविधिमार्फत सुनिश्चित गर्न यो एप्स सञ्चालन गरिएको प्रहरीले जनाएको छ । यो एप्सको माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण तथा प्रभावकारी ट्राफिक व्यवस्थापन हुने प्रहरीको विश्वास छ । पहिलो […]

देशभर बदली, वर्षा र हिमपात ! यस्तो छ मौसम पूर्वानुमान

काठमाडौँ, २४ माघ । सुदूरपश्चिमबाट प्रवेश गरेको पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण मुलुकभर वर्षा र हिमपात शुरु भएको छ । जम्मुकाश्मिर हुँदै नेपाल प्रवेश गरेको मौसमको यो प्रणालीले पश्चिमबाट पूर्वतिर प्रभाव पार्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबारसम्म मुलुकभर अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा तथा हिमपात र केही स्थानमा भारी वर्षा तथा […]

अब फेसबुक मेसेन्जरमा पठाएका मेसेज पनि डिलिट गर्न मिल्ने !

फेसबुकले प्रयोगकर्ताले व्यग्र रुपमा प्रतीक्षा गरिरहेको फिचर सार्वजनिक गरेको छ । फेसबुकले मेसेन्जर प्रयोगकर्ताका लागि अनसेन्ड फिचर ल्याएको हो । अब फेसबुक मेसेन्जर प्रयोगकर्ताले मेसेन्जरमा कसैलाई पठाएका मेसेजहरु डिलिट गर्न सक्नेछन् । यसरी पठाउनेले पठाइसकेरपाउनेको च्याट बक्समा पुगिसकेका मेसेजहरु समेत प्रेषकले डिलिट गर्न सक्नेछ र त्यसरी डिलिट गरिसकेका मेसेज प्रापकको च्याटबक्सबाट स्वतः डिलिट हुनेछन् । […]

१५ औं वार्षिकाेत्सवमा नेपाल टेलिकमकाे यस्ता अफरै अफर !

काठमाडाै‍। नेपाल टेलिकमले १५ औं वार्षिक उत्सवकाे अवसरमा विभिन्न अफर घोषणा गरेको छ। टेलिकमले माघ २२ गते देखि फागुन २२ गतेसम्म एनटी मोबाइल एप डाउनलोड तथा रजिष्ट्रेसनमा निशुल्क १ सय एमबी डाटा उपलब्ध गराउने भएकाे छ। जिएसएम पोस्टपेड ग्राहकका लागि ९ सय रुपैयाँको प्याकेजमा प्रतिमहिना २ जिबी डाटा, ५ सय रुपैयाँको फ्रि रिसोर्स उपलब्ध गराउँदै […]

माघमै ढकमक फुल्न थाले चैत्रमा फुल्ने लालीगुराँस !

अमरगढी। सधैँ जसो फागुन महीनाको अन्तिम सातातिर फुल्ने लालीगुराँस यस वर्ष डडेल्धुरा जिल्लामा माघ महीनाकै पहिलो सातामा फुल्न थालेको छ । लालीगुराँस फुलेपछि फागुन,चैत महीनामा जस्तै वन जङ्गल रङ्गीवीरङ्गी भइ मन लोभ्याउने देखिन्छ । जलवायु परिर्वतनका कारणले सधैँ पुस अन्तिम साता वा माघ महीनाको पहिलो सातामै फुल्ने लालीगुराँस फुलेर जङ्गलमा मनमोहक दृष्य देखिन थालेको छ […]

पश्चिमी वायुका कारण मुलुकभर बद्ली र वर्षाः आइतबारदेखि मौसममा सुधार हुने

काठमाडौँ, १२ माघ। पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा बद्ली र वर्षासँगै उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै आज देशभर आंशिकदेखि सामान्य बद्ली रही पूर्वी तथा मध्य क्षेत्रका केही स्थान र पश्चिम भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगका […]

बिहीबारदेखि मात्रै मौसम सुधार हुने !

काठमाडौं। काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा मौसम बदलि भई वर्षा भइरहेको छ। विशेषगरी पूर्व, मध्य तथा पश्चिम क्षेत्रका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज सामान्यतया देशभर बादल लागिरहने छ। पश्चिमी वायु पूर्व सर्ने क्रम रहेकोले वर्षा भइरहेको मौसमविद् शान्ति कँडेलले बताइन्। मंगलबार सुदूर र मध्यपश्चिम क्षेत्रका धेरै ठाउँमा […]

बढ्यो अनलाइनबाट बस टिकट काट्नेको सङ्ख्या

काठमाडौँ । अनलाइनमार्फत बसको टिकट काट्न सकिने सेवा शुरू भएपछि यसतर्फ यात्रुको आकर्षण बढ्दै गएको छ । आधुनिक प्रविधिको प्रयोगबाट पछिल्ला दिनमा सेवाग्राहीले थप सुविधा प्राप्त गर्दै आएका छन् । अनलाइनमार्फत बसको टिकट काट्न सकिने प्रविधि निर्माण गरेको बससेवा डटकमका अनुसार अहिले दैनिक करीब ५०० जनाले अनलाइनमार्फत नै बसको टिकट काटेर यात्रा गरिरहेका छन् । […]

Social Media Auto Publish Powered By : XYZScripts.com