बागलुङमा पहिलोपटक भिआइपी बस सेवा शुरु

बागलुङ, ५ फागुन। पोखरा जगदम्बा ट्राभल्स प्रालिले बागलुङ–काठमाडौँ अति विशिष्ट (भिआइपी) बस सेवा शुरु गरेको छ । वातानुकूलित बसमा खाजा, चिया, कफी, चिसो पेयपदार्थ, निःशुल्क वाइफाइ, शौचालय आदिको सुविधा छ । बीस सिट क्षमताको बस आजदेखि हरेक दिन साँझ ६ः३० बजे काठमाडौँका लागि र सोही समयमा काठमाडौँदेखि बागलुङका लागि छुट्नेछ । यात्रुको माग र सुविधालाई […]

हिमालय एयरलाइन्स ग्राउन्डेड हुने संकेत ! बक्यौता चुक्ता गर्न विमानस्थलको पत्र

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले हिमालय एयरलाइन्सलाई आइतबारसम्म बक्यौता चुक्ता गर्न भन्दै पत्र काटेको छ। ‘हिमालयले सन् २०१८ जुलाईदेखि विमानस्थल कार्यालयलाई विमानस्थल सेवा शुल्क बापतको २० करोड रुपैयाँ तिनुपर्ने भएको छ,’ विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले भने, ‘गत बिहीबार मात्रै हामीले रकम भुक्तानीका लागि आइतबारसम्मको समय सीमा दिएर पत्र काटेको छौं।’ हिमालयले आइतबारसम्म २० करोड […]

नेपालको हवाई सुरक्षाप्रति विभिन्न देशका राजदूतको चासो,युरोपेली सङ्घ सकारात्मक

काठमाडौं । नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन युरोपेली सङ्घ (ईयू) सकारात्मक देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई भेट गरी शुक्रबार नेपालका लागि युरोपेली संघ, बेलायत, फ्रान्स, जर्मनी र फिनल्याण्डका राजदूतले हवाई सुरक्षा चासोका विषयमा विचारविमर्श गरेका हुन् । उनीहरुले पछिल्लो समय नेपालको हवाई क्षेत्रमा भइरहेको सुधार र सुरक्षा प्रणालीप्रति सन्तोष व्यक्त […]

निजी क्षेत्रको अग्रणी वायुसेवा बुध्द एयरको २४ हजारमै काठमाण्डौ–कोलकाताको दोहोरो उडान

काठमाडौँ । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनि बुध्द एयरले अन्तर्राष्ट्रियतर्फको दोश्रो उडान भारतको कोलकाताबाट सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ । पश्चिम बंगालका राजधानी कोलकाता उडानका लागि बुध्द एयरले त्यहाँ आफ्नो अधिकारिक कार्यालय पनि खोलिसकेको छ । बुध्द एयरले नवबर्ष २०७६ को आगमनसँगै वैसाख २ बाट कोलकाता उडान भर्नेछ । […]

इन्धनकाे पैसा नतिर्दा संकटमा मयुर यातायात ,समातियाे बस !

काठमाडौं । सिन्डिकेट अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेको मयुर यातायातकाे व्यवस्थापनमा समस्या देखिएकाे छ । मयुर यातायात प्राइभेट लिमिटेडले बसहरू खरिदहरूकाे किस्ता र खर्चहरू समयमै तिर्न नसक्दा बसहरु धमाधम समातिन थालेका छन् ।   इन्धन भरेको रकम समयमै तिर्न नसकेपछि स्वयम्भूस्थित हामा आयल प्राइभेट लिमिटेड (हामा पेट्राेल पम्प) ले मयुरकाे एउटा बस समातेर राखेकाे छ […]

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निजगढ विमानस्थल सरकार आफैँले बनाउने

काठमाडौँ, २५ माघ। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको को निर्माण मोडालिटीबारे छलफल र बहस जारी रहेका बेला उपयुक्त विकल्प नआए सरकार आफैँले आयोजना अघि बढाउने भएको छ ।   नेपाल इञ्जिनीयर्स एशोसिएशनले यहाँ आयोजना गरेको ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वर्तमान आवश्यकता र औचित्य’ विषयक अन्तरक्रियामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थल निर्माणका लागि अन्तर्राष्ट्रिय […]

अन्तर्राष्ट्रिय विमानस्थलमा ३० वर्ष सञ्चालनकाे प्रस्ताव सहित कतारको चासो !

काठमाडाैं । बारामा निर्माण हुन लागेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कतारले चासो देखाएको छ। कतारको चासोसँगै सरकारले कतारका लागि नेपालस्थित राजदूतावासमार्फत सूचना आदान-प्रदान हुने थालेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण देवकोटा पनि विमानस्थल निर्माणमा कतारले चासो देखाएको स्वीकार गर्छन्। ‘सरकार पनि कतारको लागि नेपालका राजदूतसँग सूचना आदान-प्रदान भएको विषयमा जानकार छ’, […]

नेपाल वायुसेवा निगमले पायो जापान उडानको अनुमति!

काठमाडौँ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट विमान सञ्चालनको अनुमति प्रमाण–पत्र (एओसी) पाएको छ । निगमको नयाँ ए ३३० वाइड बडी जहाजले काठमाडौँ–ओसाका उडानका लागि क्यानबाट शुक्रबार एओसी पाएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले  जानकारी दिनुभयो । निगमले करीब आठ महीनाअघि भिन्न मितिमा दुई […]

चन्द्रगढी विमानस्थलमा पहिलोपटक बुद्ध एयरको सफल रात्रिकालीन उडान

काठमाडौँ, १६ माघ । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा बुधबार रात्रिकालीन परीक्षण उडान गरेको छ । कम्पनीले थप एक खुड्किला पार गर्दै चन्द्रगढी विमानस्थलमा रात्रिकालीन परीक्षण उडान सफल भएको आज एक विज्ञप्तिमार्फत जनाएको हो । हाल उक्त विमानस्थलमा नियमित दुई उडान भर्दै आएको बुद्धले आगामी १० फेब्रुअरीदेखि […]

भारतले नेपाललाई दियो भैरहवाको हवाइ रुट

काठमाडौं । आगामी वर्षबाट सञ्चालनमा ल्याउने लक्ष्यसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि भारत भैरहवा एयर इन्ट्री प्वाइन्ट दिन तयार भएपछि रुटको गाँठो फुकेको सरकारी अधिकारीहरुको दाबी छ । हालै भारत भ्रमणमा गएका नागरिक उड्डयन तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीले भारतीय समकक्षी सुरेश प्रभुसँग भएको भेटमा एयर रुटको सहमति भएको बताएका छन् । उड्डयन अधिकारीहरु यो सहमति नयाँ […]

Social Media Auto Publish Powered By : XYZScripts.com