चीन र अमेरिका व्यापार वार्तामा उल्लेखनीय सुदार

वासिङ्टन, १८ माघ। संयुक्तराज्य अमेरिका र चीनबीच वासिङ्टनमा जारी व्यापार वार्तामा उल्लेखनीय प्रगति भएको दुबै देशका प्रतिनिधिहरुले बताएका छन् । चीन र अमेरिकाबीचको “व्यापार युद्ध” नाम दिइएको अमेरिकी करवृद्धि योजनाले विश्व अर्थतन्त्रमै पार्न सक्ने गम्भीर प्रभावलाई ध्यान दिई हाल दुबै मुलुकबीच वार्ता भइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनीया राष्ट्रपति सी चिनफिङबीच जी–२० […]

इन्डोनेसियामा हालै आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या २६ पुग्यो

माकासार । इन्डोनेसियामा हालै आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको संख्या २६ पुगेको प्रकोप नियन्त्रण अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । यस बाढी पहिरोमा करिब २४ जना बेपत्ता भएका छन् । बेपत्ता भएका व्यक्तिहरुको खोजी कार्य व्यापक रुपमा जारी रहेको पनि अधिकारीहरुले जनाएका छन् । इन्डोनेसियाको दक्षिणी भागमा रहेको सुलावेसी द्वीपमा भीषण रुपमा […]

क्रिस्टियानो रोनाल्डोलाई १ करोड ८८ लाख यूरो जरिवाना

कर छलीको आरोप लागेका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो एक करोड ८८ लाख यूरो जरिवाना तिर्न म्याड्रिडस्थित एउटा अदालतमा सहमत भएका छन्। मुद्दा सुल्टाउन पहिल्यै तयार पारिएको सम्झौतामा २३ महिने जेल सजाय उल्लेख गरिए पनि अहिंस्रक प्रकृतिको मुद्दा भएको र स्पेनी कानूनानुसार सामान्यतया दुई वर्षभन्दा कम जेल सजाय पाउनेहरू जेल जानु नपर्ने भएकाले उनी जेल बस्नुपर्ने […]

सन् २०२० मा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने सरकारको तयारी

भद्रपुर ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले सन् २०२० मा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने सरकारको तयारी भइरहेको बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टरले आज झापाको विर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “ सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउँदा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ, सन् २०१८ मै […]

चीनले गर्यो दुईवटा भूउपग्रहको सफल प्रक्षेपण

  जिक्वान। चीनले मल्टीस्पेक्ट्रल इमेजिङका लागि दुईवटा भूउपग्रह सोमबार प्रक्षेपण गरेको छ । उक्त भूउपग्रह चीनको उत्तरपश्चिममा रहेको जिक्वान भूउपग्रह प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको हो । केन्द्रका अनुसार उक्त भूउपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रवेश गरेको छ । उक्त भूउपग्रह चाङ गुआङ सेटेलाइट टेक्नोलोजी कम्पनीले निर्माण गरेको हो । उक्त भूउपग्रहको माध्यमबाट रिमोट सेन्सिङ तथ्याङ्क प्राप्त गर्नुका […]

आजको राशिफल

काठमाडौं मंसिर, ६ ।  वि.सं. २०७५ साल मंसिर ६ गते। बिहीबार। इश्वी सन् २०१८ नोभेम्बर २२ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३९ कछलाथ्व। कार्तिक शुक्लपक्ष। तिथि– चतुर्दशी, १२:३६ बजेउप्रान्त पूर्णिमा। नक्षत्र– भरणी, १८:३७ बजेउप्रान्त कृत्तिका। योग– वरियान्, १४:५१ बजेउप्रान्त परिघ। करण– वणिज, १२:३६ बजेदेखि भद्रा, २४:१६ बजेउप्रान्त वव। आनन्दादिमा पद्म […]

अफगानिस्तानमा सुरक्षा कारबाही, २३ को मृत्यु २० जना घाइते

अफगानिस्तान मंसिर ४ । अफगानिस्तानको पश्चिमी क्षेत्रमा भएको सुरक्षा कारबाहीमा २३ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । फाराह प्रान्तमा गत चौविस घण्टामा भएका विभिन्न घटनामा परी तीन दर्जन भन्दा बढी लडाकूहरु मारिएका र घाइते भएको प्रान्तीय प्रहरी प्रवक्ता मोहिबुल्लाह मोहिबले सोमबार बताए । प्रवक्ता मोहिबका अनुसार सरकारी सुरक्षाकर्मीहरुले खाक ए सफिद […]

आज नवरात्रको पाँचौ दिन स्कन्दमाताको पूजाआराधना गरि मनाईदै

काठमाडौं असोज, २८। नवरात्रको पाँचौ दिन आइतबार भगवती दुर्गाको पाँचौ रुप स्कन्दमाताको पूजाआराधना गरिँदै छ । भगवान स्कन्द ‘कुमार कार्तिकेय’की माता भएकाले पनि यिनलाई स्कनदमाता भनिएको धार्मिकग्रन्थमा उल्लेख छ । स्कन्दमाताको वाहन सिंह हो भने उनलाई भगवान शिवकी पत्नीका रुपमा लिइन्छ । उनलाई पद्मासना देवी पनि भनिन्छ । हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुप छन् […]

फिलिपिन्समा आँधीका कारण १४ जनाको मृत्यु

काठमाडौं भदौ, ३१ । फिलिपिन्समा आँधीका कारण १४ जनाको मृत्यु भएको छ । म्यङ्गकुट नामक आँधी,  वर्षा र बाढीका कारण ५० लाख मानिस प्रभावित भएका छन् । फिलिपिन्सको उत्तरी क्षेत्रको लुजोन द्वीप तहस नहस भएको छ । आँधीको कारण फिलिपिन्सका धेरै घरका छाना उडेका छन् । धेरै रुखहरु ढलेका छन् । ४२ स्थानमा भूक्षय गएको […]

इन्डोनेसियामा पानीजहाज दुर्घटनामा दशको मृत्यु, १२६ को सफल उद्धार

जाकार्ता,३० भदौ। इन्डोनेसियाको सुलावेसी प्रान्तमा शुक्रबार भएको पानी जहाज दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । दुर्घटनामा परेका अरु १२६ जनालाई भने सकुशल उद्धार गरिएको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन् । ‘केएम फुङका पेर्माटा’ नामक उक्त पानी जहाज दक्षिणी पूर्वीसुलवेसीको बाउबाउबाट बनगाई भन्ने ठाउँतर्फ गइरहेको बेला मध्य इन्डोनेसियाको सागुमा दुर्घटना भएको हो । […]

Social Media Auto Publish Powered By : XYZScripts.com