सामुदायिक विद्यालय अभिभावक तथा विद्यार्थीको रोजाइ भन्दै

रामपुर, ५ माघ। पाल्पाका निजी विद्यालयभन्दा केही सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर राम्रो भएको छ । सामुदायिक विद्यालयमा पढाइको स्तर कम भएको भन्ने जनगुनासो बढिरहँदा पाल्पाका केही विद्यालयमा भने निजी विद्यालयमा भन्दा शिक्षाको गुणस्तर राम्रो भएको अभिभावकहरुले बताउन थालेका छन् । रामपुर बेझाडस्थित रामतुलसी माध्यमिक विद्यालय गुणस्तरीय पढाई हुन थालेपछि अहिले सो विद्यालय अभिभावक तथा विद्यार्थीको […]

कलिलो उमेरमै विद्यालय भर्ना गर्नु बालबालिकाका लागि खतरा हुने हावर्ड विश्वविद्यालयको एक अध्ययन

मात्र एक वर्षभित्र साना बालबालिकाहरुमा देखिने विकासक्रम बारेमा अभिभावकलाई जति कसलाई थाहा होला र ? एक वर्षको एक बालक मुस्किलले बामे सरिरहेको हुन्छ । त्यसको एक वर्षपछि ऊ तपाईंलाई समाउन हम्मे पर्ने गरि फुत्केर कुद्न थालिसकेको हुन्छ । त्यस्तै सधैँ यताउती हिँड्ने कि त कल्पनामा डुबिरहने र हरेक कुरामा ‘किन’ भनेर प्रश्न गरिरहने चार वर्षकी […]

प्राविधिक शिक्षाका लागि रु ७० लाख सङ्कलन

गलकोट, ५ फागुन। बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा–४ तारागाउँस्थित नेपाल माध्यमिक विद्यालयमा प्राविधिक शिक्षाका लागि रु ७० लाख सहयोग सङ्कलन गरिएको छ । विद्यालयले स्वर्ण महोत्सवको अवसर पारेर प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्ने उद्देश्यले शुरु गरेको सहयोग सङ्कलन अभियानबाट हालसम्म रु ७० लाख जम्मा भएको विद्यालयले जनाएको छ । विद्यालयले यही फागुन ७ गतेदेखि १५ गतेसम्म […]

नयाँ शैक्षिक सत्र सुरु भइसक्दा पनि अझै पाठ्यपुस्तक पुग्न सकेन

देशैभर विद्यार्थीहरुले समयमै पाठ्यपुस्तक नपाउने निश्चित भएको छ । सरकारले समयमा पाठ्यपुस्तक छपाइको काम नसक्दा विद्यार्थीहरुले शैक्षिक सत्र २०७६ मा नयाँ पाठ्यपुस्तक नपाउने निश्चित भएको हो ।   हिमाली जिल्लामा नयाँ शैक्षिक सत्र सुरु भइसकेको छ । तराइ र पहाडका जिल्लामा नयाँ शैक्षिक सत्र सुरु हुन अब ५५ दिन मात्रै बाँकि छ । तर, विद्यार्थीको […]

छोरी जन्मिनेबित्तिकै अब लाखपति भएर जन्मिने : मुख्यमन्त्री राउत

सप्तरी, २ फागुन। प्रदेश नं २ सरकारद्वारा सञ्चालित ‘बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत बिहीबार सप्तरीको बलानबिहुल गाउँपालिकामा साइकल वितरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित समारोहमा मुख्यमन्त्री लालबाबु राउतले त्यस क्षेत्रका सामुदायिक विद्यालयमा नियमित पढन जाने कक्षा ९ मा अध्ययनरत ७० छात्रालाई साइकल वितरण गर्नुभयो । सो अवसरमा उहाँले भौतिक पूर्वाधारको विकासले मात्र […]

कोरियाको नेमसोल बिश्वविद्यालय र नेपाल पत्रकार मञ्चबीच सम्झौता

काठमाडौं । सामाजिक कल्याणमा मास्टर्स र पिएचडि गर्न चाहने नेपाली बिद्यार्थीलाई दक्षिण कोरियाको नेमसोल बिश्वबिद्यालयले छात्रवृत्ति दिने भएको छ । यसका लागि बिश्वविद्यालय र नेपाल पत्रकार मञ्चबीच बुधबार काठमाडौंमा सम्झौता सम्पन्न भयो । सम्झौताबमोजिम नेपाली जेहेन्दार बिद्यार्थीलाई मास्टर्स वा पिएचडि डिग्री हासील गर्न पत्रकार मञ्चले शिफारिस गर्नेछ । मञ्चले गरेको शिफारिसका आधारमा बिश्वबिद्यालयले छात्रबृत्ति उपलब्ध […]

गाउँमा कम्प्युटर शिक्षा अभियानद्धारा आर्थिक सहयोग, ई–लाईब्रेरी खोल्ने योजना

काठमाडौं । गाउँमा कम्प्युटर शिक्षा अभियान काठमाडौँले धादिङ ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ काविद्यार्थी सुरज तामाङलाई १ लाख १५ हजार ४ सय ७० रुपैयाँआर्थिक सहायताप्रदान गरेको छ । संस्थाका काम तथा उपलब्धिहरुको बारेमा जानकारी गराउन मंगलबार रिपोर्टर्स कल्ब नेपालमा आयोजित पत्रकार सम्मेलनका क्रममा संस्थाका उपाध्यक्ष किरण धमलाले ‘डिप्लोमा ईन फार्मेसी’ तेस्रो वर्षमा अध्ययनरत तामाङको शैक्षिक […]

प्याब्सनका अध्यक्षमा अधिकारी

भक्तपुर, २८ माघ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) भक्तपुर शाखाको १४औँ जिल्ला अधिवेशनले चन्द्र अधिकारीको अध्यक्षमा सर्वसम्मत् नयाँ कार्यसमिति गठन गरेको छ । वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र श्रेष्ठ, उपाध्यक्षद्वयमा राजन कसपाल र बिणा पाण्डे, सचिवमा कुमार श्रेष्ठ, कोषाध्यक्षमा डिल्लीराज जोशी, सहसचिवद्वयमा नारायणकृष्ण श्रेष्ठ र सोमकृष्ण प्रजापति तथा सहकोषाध्यक्षमा विष्णुकुमारी थापा चयन हुनुभएको छ । […]

बिरामीको चाप बढ्दो तर मानसिक रोग विशेषज्ञ अपुग

ललितपुर, २८ माघ। बिरामीको चाप बढ्दो भए पनि लगनखेलस्थित मानसिक अस्पतालमा ‘कन्सल्टेन्ट साइक्याट्रिस्ट’ (मानसिक रोग विशेषज्ञ) अपुग भएको छ । एकातिर बिरामीको चापअनुसार दरबन्दी अपर्याप्त भएको र त्यसमा पनि दरबन्दीभन्दा तीन जना कम कार्यरत हुँदा यहाँ जनशक्तिको अभाव भएको हो । मानसिक स्वास्थ्यको केन्द्रीय अस्पताल भए पनि यहाँ जम्मा आठ जना मात्रै मानसिक रोग विशेषज्ञको […]

स्थानीय तहमा छुट्टै पाठ्यक्रम ! पाठ्यक्रम निर्माण गर्दै नगरपालिका

गलेश्वर। म्याग्दीको बेनी नगरपालिकाले आगामी शैक्षिक वर्ष २०७६ देखि बेनी नगरपालिका क्षेत्रका विद्यालयमा स्थानीय तहको पाठ्यक्रम लागू गर्ने भएको छ । आगामी शैक्षिक वर्षदेखि नै स्थानीय तहका विषयवस्तु राखिएको पाठ्यक्रम निर्माणका लागि नगरकार्यपालिकाले पाठ्यक्रम निर्माण गर्न शुरु गरेको हो । नगरपालिकाको पाठ्यक्रम निर्माण समितिले स्थानीय विषयवस्तुमा आधारित रहेर पाठ्यक्रम निर्माणका लागि काम अघि बढाएको पाठ्यक्रम […]

Social Media Auto Publish Powered By : XYZScripts.com