गरीवको नाममा बिदेश घुम्छन हाकिम सापहरु ! राज्यकोषको लाखौ रकम हिनामिनाको खाश खुलाशा (लाल्टिन खबर खोज)

-लाल्टिन खबर बिशेष ब्युरो काठमाडौँ । गरिवी निवारण कोषमा ब्यापक भ्रष्टचार भएको पाईएको छ राष्ट्रिय सतर्कता केन्द्रले तयार पारेको‘गरीवी निवारण कोषमा भएको अनियमितता सम्वन्धि छानबिन प्रतिबेदन २०७५’ ले कोषमा बिदेश भ्रमणको शिर्षकमा लाखौँ हिनामिना हुने गरेको पाईएको हो । केन्द्रमा तथा प्रधामन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कोषमा अनियमितता र भ्रष्टाचार भएको भन्ने उजुरीका आधारमा याम प्रसाद […]

मदिराले स्वास्थ्यमा पार्ने प्रभाब

अहिलेको समयमा बढ्दो मदिरा सेवनले धेरै व्यक्ति या समाजमा प्रमुख समस्या भइरहेको छ । यसबाटपारिवारिक कलह हुनु , सामाजिक सदभाब बिग्रनु, अपराध बढ्नुको साथै स्वास्थ्यमा धेरै असर परिरहेछ।धेरै मदिरा सेवनले गलत क्रियाकलापलाई उक्साहित गर्दछ । यसले बढी अस्वस्थकर खाना खाने या सन्तुलित भोजन गर्नबाट बन्चित गराउछ। मदिराको लत लागिसकेपछि नियमित यसको सेवनलेअनेक रोगको जोखिम हुने […]

आखिर के छ सांसदको दुई तिहाइले पास गरेको चिकित्सा शिक्षा बिधेयकमा ?

१) नेपालमा एउटा छुट्टै चिकित्साशिक्षा बिश्वबिद्धालयको स्थापना गर्ने। २) सरकारी मेडिकल कलेज नभएको प्रदेशमा ५ बर्ष भित्र मेडिकल कलेज वा प्रतिस्ठानको स्थपना गर्ने (प्रदेश न. २ र सुदुरपश्चिम प्रदेश) ३) एन प्रारम्भ भएको दश(१०) बर्ष पछि चिकित्शा शिक्षालाइ नेपालमा गैर नाफामुलक बनाउदै लैजाने। गैर नाफामा जान नचाहनेलाइ उचित मुअब्जा दिएर सरकारी करण गर्ने। ४)एन प्रारम्भ […]

यसकारण ठमेल पर्यटन विकास परिषद्को नेतृत्वमा उम्मेद्वारी दिँदैछन कार्यसमिति सदस्य अर्जुनलाल प्रधान

माघ १६ गते हुन गईरहेको ठमेल पर्यटन विकास परिषद्को २४ औं साधारणसभा र त्यससँगै हुन गइरहेको नयाँ कार्य समितिको निर्वाचनको लागि कार्यसमिति सदस्य अर्जुनलाल प्रधानले परिषद्को नेतृत्वको लागि आफूले उम्मेदवारी दिने मनसाय व्यक्त गरेका छन । पर्यटन क्षेत्रमा तीन दशक ठमेलमै बिताएका प्रधान राजनीतिमा समेत सक्रिय रहेका छन्। उनी ठमेलमा बढदै गएको अराजकता नियन्त्रण गर्न […]

डा. स्वर्णिम वाग्लेको विश्लेषण : स्वीट्जरल्याण्ड र सिंगापुरको कुरा छाडिदेउ,सन् २०३०मा कहाँ पुग्छ नेपाल?

हामी एउटा राष्ट्रका रुपमा कुन तहमा, कहाँ पुग्ने हो, त्यो लक्ष्य नै भएन भन्नेसुनिन्छ । एउटा महत्वकांक्षा र लक्ष्य नै भएन भनिन्छ । सन् २०३० माहामी यहाँ पुग्ने, यसका लागि यि-यि माध्यम हुन् भन्ने स्पष्टता भएन । केहीनीति निर्माता र नेताले बोले पनि यो विश्लेषणमा आधारित देखिँदैनन् । केही मोडलिङ हुन सक्छन्, प्रोजेक्सनमा कुरा हुन […]

रेमिट्यान्स समृद्धिको आधार होइन, जलविद्युत र पर्यटन हो :शेखर गोल्छा,उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष

यहाँ सबैले समृद्धि–समद्धि भनिरहेका छन् । अहिले हामी सबैको प्यारो वाक्य नै ‘देशलाई समृद्धि बनाउने’ भन्ने छ । तर, यसका चुनौतीहरुका विषयमा राम्ररी लेखाजोखा भएको छैन । अहिले हाम्रो प्रतिव्यक्ति आय एक हजार डलर पुगेको छ । हामी २ हजार, ३ हजार डलरको सपना देख्न थालेका छौं । हाम्रै जीवनकालमा समृद्ध राष्ट्र देख्न चाहन्छौं । […]

गैरकानुनी काम गर्न खोज्नेलाई नियन्त्रणमा लिनुपर्छ, तर कानुन बमोजिमका काममा बाधा सिर्जना गर्नु हुँदैन :डा रामशरण महत (अन्तर्वार्ता)

पूर्व अर्थमन्त्री तथा नेपालि कांग्रेसका प्रवाभशालि नेता रामसरण महतसँग गरिएको कुराकानीको सारांश : पछिल्लो तीन वर्षमा शेयर बजारका लगानीकर्ताले ५ खर्ब रुपैयाँ गुमाएका छन्। यसका कारण केके देख्नुहुन्छ? पहिलो कुरा लगानीका लागि राम्रो वातारण हुनुपर्छ। अहिले हाम्रोमा लगानीको वातावरण बिग्रियो। नेपालको पूँजी बजारमा ‘स्पेकुलेसन’का आधारमा भाउ पनि बढाइएका छन्। सूचीकृत कम्पनीहरुले बोनस शेयर, हकप्रद शेयरमार्फत […]

चन्द्रागिरीमा पर्‍यो हिउँ, रमाए युवायुवती (फोटो फिचर)

आइतबार काठमाडौं उपत्यकाका वासिन्दाले हिउँमा रमाउने अवसर पाए । उपत्यका नजिकको डाँडा फूलचोकी र चन्द्रागिरीमा हिउँ परेपछि हिउँ खेल्न धेरै मानिसहरु पुगेका थिए । चन्द्रागिरीमा हिउँ खेल्न बालबालिकादेखि वृद्धवृद्धासमेत पुगेका थिए । उनीहरुले हिउँमाथि लडीबुडी खेले, सेल्फी खिचे, एक अर्कालाई हिउँको डल्लाले हिर्काएर रमाइलो गरे ।              

बिहेको २५ बर्षपछि रवी लामिछानेको डिभोर्स ! भन्छन – “सबैको भाग्यमा माया र परिवार सुख लेखेको नहुने रहेछ”

काठमाडौं, २० पुष । चर्चित सञ्चारकर्मी रवि लामिछानेले पत्नी ईशासँग सम्बन्ध विच्छेद गरेका छन् । उनले आफ्नो करिब २५ वर्ष लामो वैवाहिक सम्वन्ध टुंग्याएको बताएका छन् । उनले शुक्रवार फेसवुकमा लामो स्टाटस लेखेर यसको खुलासा आफै गरेका छन् । उनले बताए अनुसार इशासंग रविले केही दिनअघि मात्रै डिभोर्स गरेका हुन् ।रवि र ईशाका दुई छोरी […]

Social Media Auto Publish Powered By : XYZScripts.com