images
images

बजेटको मुखमा एमालेले संसदमा गैर जिम्मेवार व्यवहार गर्‍यो :हितराज पाण्डे

काठमाडौँ । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले बजेटको मुखमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभामा गैर जिम्मेवार व्यवहार गरेको टिप्पणी गरेको छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले एमालेको मागका सम्बन्धमा छलफल भइरहेको बताए । सकेसम्म संसद्लाई सौहार्द बनाउने प्रयासमा आफूहरू रहेको उनको भनाइ छ ।

माओवादीका अर्का सांसद माधव सापकोटाले बजेटको मुखमा एमालेले दुई दिन अगाडिको विषय निकालेर गैर जिम्मेवार व्यवहार प्रदर्शन गरेको बताए ।

जेठ १० गतेको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा यति, ओम्नी, वाइडबडी, स्वास्थ्य सामग्रीको दुई अर्बको भ्रष्टाचार लगायतका काण्डहरू भएको उल्लेख गर्दै पशुपतिनाथको जलहरी लाउँदा पनि सुन लाउने भनेर पित्तल लाइदिएर गरेका भ्रष्टाचारहरू यस्ता सयौँ, हजारौँ भ्रष्टाचारका काण्डहरू रहेको बताएका थिए ।

सत्तारुढ दलको सांसदले नै पशुपतिमा सुनको भनेर पित्तलको जलहरी लगाएको भनी प्रमुख प्रतिपक्षी दलको नेतालाई आरोपित गरेको भनी एमालेले संसद चल्न दिएको छैन ।