images
images

श्रीकाे जहाज भैरहवामा आपतकालीन अवतरण

काठमाडौं- धनगढीबाट काठमाडौं उडेकाे श्री एयरलाइन्सकाे जहाज काठमाडौंमा अवतरण हुन नसकेपछि भैरहवामा आपतकालीन अवतरण गरेकाे छ।

धनगढीबाट काठमाडौं उडेकाे झन्डै अढाई घण्टापश्चात् भैरहवामा आपतकालीन अवतरण गरेकाे हाे।

जहाज आज बिहान ७ बजेर १२ मिनेटमा उडेकाे थियाे। काठमाडौंमा अवतरण गर्न नसकेपछि भैरहवामा साढे ९ बजेतिर आपतकालीन अवतरण भएकाे थियाे।

८० सिट क्षमताको जहाजमा दुई बच्चासहित ७७ जना यात्रु सवार थिए।

काठमाडौंमा अवतरण गर्ने क्रममा माैसम बिग्रिएपछि आकाशमै हाेल्ड गरी भैरहवामा उतार्नुपरेकाे विमानस्थल स्राेतले जनाएकाे छ।