Mon. Apr 22nd, 2019

डोनाल्ड ट्रमको ट्वीट बेचेर महिनामै करोड पति

काठमाडौं, २५ पुस । मानिसले पैसाकाउन विभिन्न उपाए अपनाइरहेका हुन्छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम आफ्ना ट्वीटका कारण बिबादमा आइहन्छन् । उनका बिबादित ट्वीटलाई एक व्यक्तीले कमाइखाने बाटो बनाएका छन् ।

लस एन्जेलसमा बस्ने फोटोग्राफर र आर्टिस्ट स्याम मोरिसनले ट्रम्पका ट्वीटबाट एक महिनामा साढे तीन करोड रुपैयाँ कमाए ।

मोरिसनले सन् २०१७ मा ट्रम्पले गरेका सबै विवादित ट्वीटहरू निकाले र सादा चप्पलमा प्रिन्ट गरिदिए । मोरिसन त्यस्ता एक हजार जोडी चप्पल तयार पारेर आफ्नो वेबसाइट प्रेसिडेन्टफ्लिपफ्लप्स डट्कममा बेच्न राखे ।

अमेरिकीहरूले मोरिसनको यो आइडिया खुबै मन पराए । त्यसलाई ठूला न्युज एजेन्सीले पनि कभर गरे । अनि उनका सबै चप्पलहरू एक महिनाभित्रै बिके ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *