नेपालएकीकरण र बदलिंदो मुलुक : समयको माग



काठमाडौं, पौष २७ l द्रव्यशाहले वि.सं. १६१६ मालिग्लिगविजयगर्दै गोरखा राज्यको स्थापना गरेको ऐतिहासिकअभिलेख छ । उनले अधिकार जमाएपछि मात्र स्वतन्त्र राज्यको रुपमागोरखा राज्य खडा भएको देखिन्छ । रागिनासमा बसिरहेका लमजुङ्का राजकुमार द्रव्यशाहलाई गोरखासम्मल्याएर राजाबनाउनगोरखाकै शासकीयभाई भारदारहरुको हात र भूमिका रहेको थियो ।

गोरखा राज्यको स्थापनाभएदेखि नै गोरखालीहरुले आफ्नो राज्यको क्षेत्रफल बढाउँदै जाने नीतिलिएको देखिन्छ । पूर्णशाह र रामशाहले बढाएको गोरखाराज्यलाई थाम्न छत्र शाह, डम्बर शाह, रुद्र शाह, पृथ्वीपतिशाह र नरभूपालशाहले बिशेष परिश्रम गर्नुपरेको थियो । यस्तैमा वि.सं.१७७९ माजन्मेका पृथ्वीनारायण शाहबाबु नरभूपालशाहको निधनपछि वि.सं. १७९९ मागोरखाको राजाभए ।

उनी राजाभएलगत्तै आफ्ना बाबुबाजेले थालेको पूर्वतिर राज्यसिमा बढाउने अभियानलाई निरन्तरतादिए । पृथ्वीनारायणले दूरदृष्टि लिएर योजनाबद्ध रुपमागोरखाराज्यको सिमा बढाउने क्रममानुवाकोट, मकवानपुर, किर्तिपुर, काठमाण्डौ, पाटन, भक्तपुरमाअधिकार जमाउन सफलभए ।

पृथ्वीनारायण शाहले विजयीअभियानकै क्रममागोरखाको राजधानी काठमाण्डौ लगे भने राज्यको नामगोरखा नराखी नेपाल नै राखे । नेपाललाई सबै जात र वर्णको साझाफुलबारीका रुपमा अघि बढाउन पृथ्वीनारायणले बेग्लै प्रदेशको राजाहुने आफ्ना भाइहरुको आकांक्षालाई पनि शक्तिद्धारा दमन गरे । राज्य, जनताप्रति पृथ्वीनारायण शाहको आदरभावतथा देशभक्तिपूर्ण एवं प्रगतिशिलकदम, दुर–दृष्ट्रिकोण, सोंच, विचार र व्यवहार समेतबाट उनको विजयअभियानगोरखाको विस्तार वा साम्राज्यवादीचिन्तननभई नेपाल राष्ट्रको एकीकरण नै थियो । र, उक्तअभियानतत्कालीन समयमाविश्वविजयगर्दै हिंडेको ब्रिटीस साम्राज्यको चपेटाबाट मूलुकलाई बचाउने ध्येयबाट प्रेरित थियो ।

किनकी, त्यसबेलाबाइसी – चौबिसी र काठमाण्डौं उपत्यकाका राजाहरुको दिनहुँको कलह र लडाईंको कारण देशवासीको जिउधनको रक्षाएवं चौपट भएको व्यापार तथा अर्थतन्त्रको रक्षार्थ बहुमतजनता र उद्योग व्यवसायीहरुले पनि पृथ्वीनारायण शाहको एकताअभियानमातन, मन, धन र वचनले सहयोग गरेका थिए । जसको ज्वलन्तउदाहरण १२ हजार गोरखाली घरधुरी मध्येका एक घरधुरीको दर्जी व्यवसायीबिशे नगर्जीले हतियार खरिद गर्न उनलाई दिएको एक रुपैयाँ ।

आफूले विजयीप्राप्ति गरेको काठमाण्डौ उपत्यकालाई राजधानीबनाएभने राज्यको नाम नेपाल राखे । तात्कालिकबाइसे चौबिसे राज्यमा विखण्डित नेपाल राज्यलाई एकिकरण गरेर आधुनिक नेपालअधिराज्यको स्थापनागर्न सफलभएगोरखा राज्यकाअन्तिम राजा पृथ्वीनारायण शाह । र, पछि पूर्वतिरको चौदण्डी र विजयपुर राज्यपनिगोरखा राज्यमाविलय गराई गोरखाको मात्रनभई नेपालकै नामविश्वमानचित्रमा प्रतिष्ठित हुनपुग्यो ।

गोरखाको गोरखनाथगुफामा रहेको लिच्छविराजाशिवदेव(द्धिनीय) को वि.सं.७५५÷७५६ को शिलालेख र गोरखाहनुमानभन्ञ्याङ्मा रहेको शिवदेव (द्धितीय) का छोरा राजा जयदेव (द्धितीय) को शिलालेख पनि यो प्रमाणमा पर्दछन् । तात्कालिकगोरखाप्रदेश सामाजिक, धार्मिक एवं साँस्कृतिकआदि दृष्टिबाट समुन्नत रहेछ भन्ने कुराको ज्ञान नेपालको पहिलो प्रमाणिक कालमै गोरखाको महत्वपूर्ण उपस्थिति देखिन आएबाट पुष्टि मिल्दछ ।

(सन्दर्भ : राष्ट्रिय एकतादिवस तथा२९७औं पृथ्वीजयन्ती २७,पुष २०७५)

नेपालएकीकरण भनेको भौगोलिकएकीकरण मात्रथिएनअपितु भावनात्मकएकतापनिअपेक्षितथियो । भने तत्कालीन समयको मागपनिथियो । “यो देश चार जात छत्तिस वर्णको साझाफूलबारी हो” पृथ्वीनारायण शाह ।

दुर्भाग्यवश, पृथ्वीनारायण शाहकाउत्तराधिकारीहरु मात्रहोइनप्रजातान्त्रिक र हाल गणतान्त्रिक नेतृत्व समेत यस मुलुकको राज्यसंयन्त्रलाई समावेशीएवं सहभागितामूलक र देशको भविष्यको सुनिश्चयकाआधारहरु निर्माण एवं जनउत्तरदायीबन्ननसक्दाविश्वमानचित्रमा स्वर्णिम अक्षरले अंकित नेपाल राष्ट्रले आधुनिकविश्वमाअविकसित राष्ट्र तथा पछौटेपन र गरिबीको सामनागरिरहनबाध्य छ ।

उनकाउत्तराधिकारी प्रतापसिंह शाह ऐयासी र गुटवाज बने । भने अर्कापुत्रबहादुर शाहले दरवारभित्रै काट्मारको राजनीति शुरु गरे । निजले ई. १७७८ अगष्ट २१ का दिन रानी राजेन्द्र लक्ष्मीसँग अबैध सम्बन्ध राखेको आरोपमा सर्वजित रानाको हत्या गरे । र, उनले सुरु गरेको उक्त हत्यकाण्डको श्रृंखलाउनको ई. १७९७जुन २४ को अवशान पछि पनि रोकिएन ।

आधुनिक नेपालनिर्माणको पछिल्लो दुई शताब्दीको अवधिमाउनका सन्ततीशासकहरुको सद्भावले देश र जनताप्रतिव्यावहारिक रुप लिन सकेन । लक्ष्य र नीतिहीनउत्तराधिकारित्वतथाअव्यवहारिक दरवारिया भाई भारदारहरुको कारण एकीकरणको उद्देश्य अनुरुप नेपालको शासनव्यवस्था र राज्य प्रणाली चलाएमानहुन सकेन ।

फलतः अठारौं र उन्नाइसौं शताब्दीकाकुनै पनि नेपालकाप्रधानमन्त्रीकालगतिले मर्न नपाउने, सबैको हत्याहुने परम्परा नै बस्न पुग्यो । रण बहादुर शाह हत्याकाण्ड, भण्डारखाल हत्याकाण्ड र कोत हत्याकाण्ड जस्ता घटनाहरुले नेपालको शासकतथाशासनव्यबस्था सञ्चालनमाअस्थिरताउत्पन्नहुने क्रम बढ्यो ।

यस्तैमा श्री ३ जंगबहादुरको उदयभयो । र, नेपालीजनताले १०४ वर्षिय जहाँनिया राणाशासनको व्यवस्थाभोगे । २००७ सालको परिवर्तन, २०१७ सालको काण्ड ३० बर्षिय पञ्चायतीव्यबस्थातथा २०४६ सालमाबहुदलीयव्यवस्थाको पुनस्थापना, २०५८ सालको ‘दरवार हत्याकाण्ड’ र २०६२÷०६३ सालको जन–आन्दोलन एवं राजतन्त्रको अन्तपछि प्राप्त ‘नेपालको संविधान २०७२’ द्धारा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनव्यवस्थाएवं राज्यपुनसंरचना संघ, प्रदेश र स्थानीयतह । के यो पनि समयको मागहोइन र !

पछिल्लो समय नेपाल राष्ट्र केन्द्रिकृत शासन व्यवस्थाबाट प्रादेशिकशासन प्रणालीमा अघि बढ्दै गर्दा “एकीकरण अभियान”लाई नजरअन्दाज गरी निरपेक्षरुपमाबुझ्नु हुन्न । सो अभियान त मुलुकको स्वतन्त्रता र अखण्डता बचाउनकालागि खेलिएको ऐतिहासिक कालखण्डिय भूमिकामात्रहो ।

बस्तुतः “एकीकरण अभियान” नेपालको तत्कालीनविभाजितअबस्थाले अस्थिर व्यापार, बिग्रंदो शान्ति सुरक्षा, खस्केको अर्थतन्त्र सुधार तथाविदेशी हस्तक्षेपबाट बच्ने र एक सिङ्गो राष्ट्र बन्ने प्रक्रियाको एउटा ऐतिहासिककार्य मात्रथियो ।

नेपालएकीकरण अभियानको नायक पृथ्वीनारायण शाहले शाम, दाम, दण्ड, भेदको प्रयोग गरी स्वतन्त्र, अविभाज्य, अखण्डीय राष्ट्र निर्माणमा गरेको अतुलनीय योगदान र भूमिकालाई सामन्तीएवं साम्राज्यवादीको चिन्तनबाट हेरियो भने पक्कै पनि यो मुलुकको पुर्खा हामीहरुले उनीप्रतिपक्कै न्याय गरेको ठहरिदैंन ।

किनकीतत्कालिन समयको गोरखाकुनै औद्योगिक, पूँजीवादी अर्थतन्त्रले भरिपूर्ण राष्ट्र थिएन । नतकुनै अत्याधुनिक शस्त्रअस्त्रबाट भरिपूर्ण राष्ट्र ! “साम्राज्यवादभनेको मरणासन्न पूजीवादहो” – लेनिन । गोरखा राज्यको विस्तारलाई रोक्न अँग्रेजले सैनिक हस्तक्षेप ग¥यो तर सफलभएन ! यदि पृथ्वीनारायण शाहको गोरखा राज्यको विस्तार युद्ध र विजयअभियानको थालनीनहुँदो हो त सायदः यो देशमा ब्रिटिस प्रभुत्वलाई कसैले रोक्न सक्ने थिएन । फलतः यो देश भारतकै एउटा प्रान्तहुने थियो–इतिहास साक्षि छ ।

“एकीकरण अभियान”प्रारम्भमागोरखालीहरुले थालनी गरेको भएतापनिसिन्धुली गढी आएकाकम्पनी सरकारका किनलकलगायतलाई कान्तिपुर प्रवेश गर्नबाट रोक्न नेपालीहरुले नै रगतबगाएकाथिए । त्यस्तै टिस्टा र अल्मोडामा अँग्रेजसँग युद्ध लड्ने नेपालीजनताले नै यो देशको अखण्डता, स्वतन्त्रतातथा स्वाधिनताको छविलाई विश्वमानचित्रमाउदिएमान गराएकाहुन् ।

अहिले यो राष्ट्र स्थानीयतह, प्रदेश, र संघको शासकीय स्वरुपतथाकार्यपालीकाएवं व्यवस्थापिकानिर्माण भई संङघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको माध्यमबाट नेपालीजनताको समग्र हित, उनन्ती र राज्यको विकास तथा समृद्धिको मार्गमा अघि बढेको छ ।

पृथ्वीनारायण शाहको नेपालविजययात्राअभियानगोरखाको साम्राज्यवादीविस्तार नभई साम्राज्यबिरुद्धको सङ्घर्ष थियो । उनी त यो राष्ट्र निर्माण सहयात्राका एक पात्रमात्रहुन् । नेपालएकीकरण अभियान पुरा गर्ने त नेपालआमाकी छोराछोरी(वीर वीरंगना)हरु हुन् ।

त्यसैले हाम्रापुर्खाले निर्माण गरिदिएको नेपाल राष्ट्रको सुरक्षागर्ने दायित्व, विभाजन र विखण्डन हुनबाट जोगाउने दायित्व, समुन्नत र उन्नत देश बनाउने दायित्वएवं भूमिका त अब हामी नेपालीजनतामा नै निहित छ !

”गुरुङ्ग, मगर, खानज्यादा भैयाद, भारदार, मिर–उमराव थरघरहरु पुराना–पुरानाजाची घुँडा, गौडामा राख्ने गर्नु । ….. पाण्डे, बस्नेत, पन्त, भैयाद, मगर आदिभाइ–भारदारहरुलाई ‘माराताप’दिंदापालैपालो गरी खानदिने गर्नु ।”— पृथ्वीनारायण शाह

अतःइतिहासको कमजोरीलाई हटाएर मात्र राष्ट्रको एकतालाई कायम राख्न सकिन्छ । त्यसो भएमात्रपूर्खाको धरोहर भविष्यको पिढींलाई हस्तान्तरण गर्न पनि संभव हुन्छ, त्यो नै हाम्रो परम कर्तव्य पनिहो  । अहिलेको परिस्थितिमा नेपाल देशको भविष्य सुनिश्चयकालागिलोकतान्त्रिक÷गणतान्त्रिक नेतृत्वले बहुभाषिक, बहुधर्मी, बहुजाति, बहुलिङ्गय र बहुक्षेत्रीय यस मुलुकको राज्य संयन्त्रलाई समावेशी र सहभागीतामुलकबनाउनुको अलावानेपाल र नेपालीको एकता र अखण्डतालाई थपबलियो बनाउनकेन्द्रिकृत शासनव्यवस्थालाई प्रादेशिकतथा स्थानीयतहमानिश्चितएवं निर्देशितअधिकार सहितको शासनव्यबस्थाको सुनिश्चिततागर्नुको विकल्प छैन, यो पनि समयको मागहो । चेतनाभया !

ताजा अपडेट