वैकल्पिक शक्ति स्थापना विकास र विभाजनः एक विश्लेषण



फेसबुक बाट प्रेम विवाह हुनु र नेपालमा नयाँ पार्टि गठन हुने घटना कुनै नया घटना त होइनन् तर पनि ती प्रेम विवाहहरुको छोटो समयमा नै हुने सम्बन्धविच्छेद र यहाँ का वैकल्पिक सक्ति भनिएकाहरुको विभाजन र त्यसले आम मानिसहरुको मानसिकता मा पार्भने असर भने एउटै ठान्नु ठिक होला ।

हुन त ओरालो लागेको हरीणलाई बाच्छा ले पनि लखेट्छ भनेझैँ विवेकसील साँझा पार्टी विभाजनको खबर आएको केहि दिनमै सामाजिक सञ्जालमा आएका प्रतिक्रिया हरुले ती वैकल्पिक सक्तिका महान् हस्तिहरुलाई पनि नलखेटेको कहाँ होला र । कसैले डलर बाँडफाँड मा हिसाब नमिलेको भन्दै टिप्पणि गरे त कसैले पत्रकार ले राजनीति गर्नु नै गलत हो भनेर विश्लेषण गरे ।

अन्य पार्टिका केही आफ्नो नेतालाई बाबुको भन्दा माथिल्लो दर्जा मा राख्ने , अरु सबै लाई भुसुना सम्झिने , गलतलाई पनि बङ्ग्याएर सही बनाइदिन सक्ने र आफूलाई बलियो तार्किक क्षमता भएको ठान्नेहरुले त चरित्रहत्या गर्न पनि बाँकी राखेनन् ।

असल नेतृत्व पहिचान गर्न नसक्नु मात्र नेपाली जनताको समस्या होइन नेपाली आमाहरुले जन्माएका असल नेताहरु को रक्षा गर्न नसक्नुलाई पनि नेपाली जनता को कमजोरी नै मान्न सकिन्छ ।तर किन असल नेतृत्व पहिचान गर्न सक्दैनन् नेपालीहरु अथवा के कारणले नेपाली आमाहरुले जन्माएका असल नेताहरु यहाँ टिक्न सक्दैनन् भन्ने प्रश्न आफैमा अनुत्तरित छ ।

एउटा नेताको कमजोरी देख्दा अर्को सही भन्ने र दुइचार नेताहरुले गल्ति गर्दा लोकतन्त्र नै असफल भयो भन्दै राजा गुहार्न हिड्ने हामी आफुलाई स्वतन्त्र भन्न रुचाउने हरु पनि देश विकास नहुनु मा त्यत्तिकै जिम्मेवार छौँ ।
वाइडबडी खरिद प्रक्रियामा उच्च तहका राजनितिज्ञ हरुको सलग्नता रहेको र वैकल्पिक सक्ति को रुपमा आशा गरिएको दल समेत यस्ता विभिन्न आन्तरिक कारणले विभाजन को अवस्थामा पुग्दा आम नेपाली जनमानसको मनोविज्ञान मा आसाका किरणहरुमा एकाएक बादल लाग्नु स्वभाविक नै हो ।
यस्ता विविध घटनाहरुलाई झट्ट हेर्दा नेताहरुलाई दोष दिन मन लाग्छ , अली गहिरिएर सोच्दा तिनीहरुलाई छानेर पठाउने हामी सबै जनता दोषी भएको महसुस हुन्छ , अझ गहिरिएर हेर्दा स्वार्थ वानाको मानिस नै नहुने र त्यसमा झन् आफन्त नातागोता अनी पार्टी समेतको स्वार्थ जोडिदा जुन जोगी आए पनि कानै चिरेका भन्ने लाग्दछ ।

त्यसपछी सिङ्गो विश्व परिवेश लाई हेर्दा अर्थ राजनीति को प्रभाव स्वभाविक रुपमा नेपालमा पनि परेको महसुस हुन्छ । नेपालका केही उच्च बौद्दिक तहमा रहेका व्यक्तिहरुको तर्क सुन्दा त तिनीहरु प्रति पनि आशा जागेर आउछ तर विविध राजनितिक घटनाहरुलाई निष्कर्ष मा हेर्दा फेरी आशाका किरणहरु माथी कालो बादल मडारिन्छ ।

ुदेश किन बनेन रुु यो विषयमा विभिन्न मानिसहरुले विभिन्न समयमा आफ्ना दृष्टिकोणहरु नराखेका होइनन् तर ती दृष्टिकोण हरु केवल लेखीएका पानाहरु र सामाजिक सञ्जाल मा हेरेर चित्त बुझाउने बाटो मात्र बन्न पुगे । यहाँँ देश विकास नै नभएको भन्नेहरुको कुरालाई कटाछ्य गर्न मन लाग्छ । तर देशमा व्याप्त भ्रष्टाचार , महँगी, कालोबजारी जस्ता कुराहरु देख्दा त्यो आँट हराएर जान्छ ।

अझ घुमिफिरी रुमजाटार भनेझैँ त्यही कुरामा आउन मन लाग्छ ुवैकल्पिक शक्ति। २०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभा को चुनावमा जनता मा छोटो समयमा नै निकै आशाहरु जगाउन सफल भएको शक्ति छोटो समयमा नै यसरी छताछुल्ल भएर विवाद मा आउला भनेर कल्पना गरिएको थिएन । वैकल्पिक सक्तिका विद्वान हरु राजनीति मा कतिको सफल हुन्छन् भन्ने यो पहिलो खुड्किलो मा नै ठेस लागेपछी जनताको आशाको घेराबाट बाहिर पर्नुलाई पनि गलत भन्न मिल्दैन ।

हुन त यहाँ राजनीति त्यति सजीलो चीज होइन । फरक फरक विचार भएका मानिस हरुलाई एउटै सिद्दान्तमा बाधेर अगाडी बढाउनु निकै चुनौतीपूर्ण काम हो । तर जब गर्छु नै भनेर अगाडी आइसकेपछी बाटोमा आउन सक्ने सम्भावित चुनौति हरुको पनि पूर्वयोजना अवश्य छ होला भनेर कतिपय मानिसहरुले आशा मारन सकेका छैनन् । एउटै सिद्दान्त भित्र अँटाएका विभिन्न सोचाइ , प्रवृति , स्वार्थहरु पोको पारेको तरकारी सडकमा छताछुल्ल भ एझै भएपछी त्यसबाट मिठो तरकारीको आशा गर्न सकिदैन ।

विवेकसील साझा पार्टीको परिस्थिति लाई पोको पारेको तरकारी सँग तुलना गर्ने अथवा अन्ततरिक्षका लागी नासा ले पठाएका विभिन्न सफल यानहरु सँग तुलना गर्ने भन्ने कुरा आम मानिस हरुको क्षमता मा भर पर्दछ । विशेष गरी अन्य दलहरुबाट पर्याप्त व्यकतिगत स्वार्थ प्राप्त गरिरहेका देसभक्त मित्रहरुले भने यसलाई टाइटानिकको पानिजहाज सँग नै तुलना गर्दछन् ।

तर मैले भने त्यो टाइटानिक नै भएपनि एक्काइसौँ सताब्दिको नयाँ प्रविधियुक्त टाइटानिक भएकाले डुबिहाल्छ कि भनेर हरेस खाइसकेको छैन । यस भनाइले कतै मलाई यो पार्टिको कार्यकर्ताको दर्जा पो दिन्छ फेरी यसलाई वंग्याएर घुमाएर त्यो टाइटानिक को इन्जिन चाही कमजोर हुदै गएको भनेर विश्लेषण गर्नु सान्दर्भिक लागेको छ ।

समग्रमा हेर्दा प्रधानमन्त्री र विभिन्न सत्तापक्षका राजनितिज्ञ हरुले भनेझैँ देशमा विकासको गति तुलनात्मक रुपमा अगाडी नै नबढेको भन्न त मिल्दैन तर लोकतन्त्र र संघियता पछिको दुइ तिहाई को सरकार बाट जनताले गरेको अपेक्षा अलिकती ठूलो तर स्वभाविक भएकोले वर्ततमान अवस्था देशविकासका लागी सन्तोषजनक मान्न सकिदैन ।तसर्थ वैकल्पिक सक्तिको आवश्यकता महसुस गरेर त्यसमा आबद्ध समेत भएका व्यक्तिहरुले आशा नै मार्नु भनेको पौडी खेली नदी पार गर्छु भनि निस्केर किनारबाटै घर फर्किनु जस्तै हुन सक्दछ ।

लेखक अर्जुनदेव जोशी महेन्द्ररत्न क्याम्पस ताहचलमा स्नातकोत्तर तह अध्ययनरत छन् ।

ताजा अपडेट