Mon. Apr 22nd, 2019

नेपालको दुष्प्रचार गरेर अन्तर्राष्ट्रियस्तरमै नेपालको बेईज्जत गर्दै भारतीय ‘मोटिभेसनल स्पिकर’ को यो भिडियो(भिडियो सहित )

काठमाडौं । भारतका एक प्रख्यात ‘मोटिभेसनल स्पिकर’ ले नेपालका बारेमा भ्रामक प्रचार गरेका छन् । शुक्रबार सार्वजनिक भएको उनको यूट्यूब भिडियो अहिले नेपालमा समेत ट्रेन्डिङमा आईरहेको छ ।

मोटिभेसनल स्पिकर डा. विवेक बिन्द्राले ‘फुल केस स्टडी अफ नेपाल’ शिर्षकमा आफ्नो यूट्यूव च्यानलबाट १५ मिनेटको भिडियो पोष्ट गरेका हुन् । भिडियोलाई दुई दिनमा करिब ७ लाखले हेरेका छन् भने १३ हजारभन्दा बढि प्रतिक्रिया आइसकेका छन् । ५६ लाख सब्स्क्राइबर भएको च्यानलमा उनले पोष्ट गरेको भिडियोले अन्तर्राष्ट्रियस्तरमै नेपालको बेइज्यती गरेको छ ।भिडियोमा उनले- अंग्रेजले नेपाललाई कब्जामा लिन नसकेका होइन, नचाहेका हुन् भनेका छन। हेर्नुहोस भिडियो :

3 thoughts on “नेपालको दुष्प्रचार गरेर अन्तर्राष्ट्रियस्तरमै नेपालको बेईज्जत गर्दै भारतीय ‘मोटिभेसनल स्पिकर’ को यो भिडियो(भिडियो सहित )

  1. यो motivation speech नेपालको दुष्प्रचार होइन राम्रो प्रचार हो । जस्तो छ उहाँले त्यस्तै बर्णन गर्नुभयो ।

  2. यो दुस्प्रचार होईन नेपालको प्रशंसा र समर्थन मा मोटीभेटीङ्ग गर्दैछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *