दंगीशरण गाँउपालिकाको ६ वटामा सडक र्ममत कार्य सम्पन्न


दंगीशरण गाँउपालिकाको ६ वटा वडाहरुमा सडक र्ममत कार्य सम्पन्न भएको छ । सडकमा खाल्डाखुल्डी परेपछि आवतजावतमा समस्या परेको भन्दै गाउँपालीकाले सडक मर्मत गर्ने कार्य शुरु गरेको हो । गाउँपालीकाको वडा न. १ को फुर्केसल्ली , बैबाङ्ग देखी बाँके ,गोल्टाकुरीको झोलुङ्गे पुल र बुर्केसाल सम्म जोड्ने सडक मर्मत गरीएको वडा न. १ का अध्यक्ष श्रीप्रशाद चौधरीले जानकारी दिए । त्यस्तै गाउँपालीकाको वडा न. २ मा पनि सडक मर्मत कार्य सम्पन्न भएको छ ।

वडाको दमारगाँउ ,बगांलपूरमा सडक मर्मत गरिएको हो भने वागमारेको सात टाकुरामा कल्र्भट निर्माण गरिएको वडा अध्यक्ष तुल्सीराम देवकोटाले जानकारी दिए । यसैगरी वडा न. ३ मा पनि सडक मर्मत गरिएको छ । वडाको हेकुली ,चखौरा , रावतगाउँमा सडक मर्मत गरिएको वडा अध्यक्ष पूर्ण बहादुर चौधरीले जानकारी दिए । गाँउपालीकाको वडा न. ५ मा पनि सडक मर्मत संगै ग्राभेल गरीएको छ । बर्खायाममा खसेको पहिरो हटाएर हेकुली जाने बाटो मिरौली सम्म सडक गा्रभेल गरिएको वडा अध्यक्ष दिपक गौतमले जानकारी दिए ।

त्यसैगरी सलौराको बिचगाँउ देखि पिपल बुटा सम्म ,चौपारी देखी सलौरा स्कुल जाने बाटो र रोल्पालीको घर सम्म जाने बाटो मर्मत गरिएको अध्यक्ष गौतमले बताए । यस्तै वडा न. ६ मा थपगाँउ , लेटार, राजपुर र परसडुवामा र वडा न. ७ को बुटनीयाको दलीत बस्ती,वाँका ,रजपल भन्ने स्थानमा सडक मर्मत गरिएको अध्यक्ष विर बहादुर वलीले जानकारी दिए ।

आर्थीक बर्ष २०७५⁄०७६ मा थप गरिएका योजनामा यी योजनाहरु परेका हुन् । जसमा वडा न. १ को सडक मर्मतका लागि १ लाख ५० हजार,वडा न. २ का लागि २ लाख, वडा न. ३ का लागि १ लाख २५ हजार, वडा न.४ का लागि १ लाख २५ हजार,वडा न. ५ का लागि २ लाख ,वडा न. ६ र ७ का लागि २ लाख बजेट बिनीयोजन गरिएको थियो ।

संघियमामिला तथा सामान्य प्रशासन मन्त्रालय ,स्थानीय पूर्वाधार , विभाग पुल्चोक ललीतपुरले चालु आर्थिक बर्ष मा सडक मर्मत कार्यका लागि गाँउपालीकाको लागि स्विकृत गरि पठाएको जम्मा १० लाख रकम वडाको सडक मर्मत योजनाका लागि बिनीयोजन गरीएको गाँउपालीकाका अध्यक्ष भागिराम चौधरीले जानकारी दिए । सडक मर्मत भएपछि अहिले बैदल यात्रीका साथै गाडिहरुलाई आवतजावतमा सहजता भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Media Auto Publish Powered By : XYZScripts.com