डा. स्वर्णिम वाग्लेको विश्लेषण : स्वीट्जरल्याण्ड र सिंगापुरको कुरा छाडिदेउ,सन् २०३०मा कहाँ पुग्छ नेपाल?


डा. स्वर्णिम वाग्ले

हामी एउटा राष्ट्रका रुपमा कुन तहमा, कहाँ पुग्ने हो, त्यो लक्ष्य नै भएन भन्नेसुनिन्छ । एउटा महत्वकांक्षा र लक्ष्य नै भएन भनिन्छ । सन् २०३० माहामी यहाँ पुग्ने, यसका लागि यि-यि माध्यम हुन् भन्ने स्पष्टता भएन । केहीनीति निर्माता र नेताले बोले पनि यो विश्लेषणमा आधारित देखिँदैनन् ।

केही मोडलिङ हुन सक्छन्, प्रोजेक्सनमा कुरा हुन सक्छन् । क्षेत्रीय रअन्तर्राष्ट्रिय ट्रेन्डहरुलाई विश्लेषण गरेर यी-यी सम्भाब्य क्षेत्रको जगमा हामीयहाँ पुग्नो, यसरी फड्को मार्ने हो भन्ने विकासको भिजन स्पष्ट भएन भन्नेबारम्बार सुनिन्छ । त्यो नभएको पनि हैन होला, तर त्यो सम्प्रेशण नभएकोहुन सक्छ ।

निर्वाचनपछि आएको दुई तिहाई बहुमतको सरकार छ, यसले केही कुरामागृहकार्य गरिरहेको हामीले देखेका छौं । जुन पुरानै सरकारले गरिरहेकाकामलाई निरन्तरता दिइँदैछ, अहिले पन्ध्रौं आवधिक योजनालाई पुरा रुपदिने काममा याजना आयोग लागिरहेको छ ।

त्यस्तै सन् २०३० सम्मको जुन दिगो विकास लक्ष्यलाई पनि विस्तृतमा हेरेरखर्च कति लाग्छ भनेर हेर्दै हुनुहुन्छ । जसको रोड म्याप म योजनाआयोगको उपाध्यक्ष हुँदा ल्याइएको थियो । यस्तै विसं २१००मा नेपालकाहाँ पुग्छ र कस्तो भन्ने रणनीति बनाउयने काम पनि भइरहेको छ ।

तर हाम्रो साझा लक्ष्य भने तीनवटा छन् । एउटा अतिकम विकासित राष्ट्रकोदर्जाबाट स्तरोन्नति हुने, २०३० सम्म दिगो विकासको लक्ष्य हात पार्ने,त्यसको सबै इन्डिकेटरहरु हात पार्नु छ, तेस्रो चाँही हामी २०३०सम्म मध्यमआय भएको राष्ट्रमा रुपान्तर हुने हो । यो कुरालाई नेताहरुले दोहोर्‍यानथाल्नुभएको छ ।

तर, यसभित्रको प्राविधिक बाटोबारे केही अस्पष्टता छ, कन्फ्युजनहरु छन् ।यो विस्तारै हट्दै जानुपर्छ । अतिकम विकसित राष्ट्रको सूचीबाट हट्न चाँहीनेपालले सबै प्राविधिक योग्यताहरु पास गरिसकेको छ, आज हामीलेचाहेको भए हामी अधितकम विकसित राष्ट्र (एलडीसी) हैनौं भनेर परिचयदिन सक्ने अवस्थामा थियौं ।

नेपाल लामो संक्रमणबाट गुजि्रएकाले आर्थिक वृद्धि चलायमान हुनसकेको छैन, अब स्थिर सरकार पनि आएको छ, अब आर्थिक ‘मोमेन्टम’हामीले हासिल गर्न सक्यौ र आर्थिक वृद्धिदर ७/८ प्रतिशत होल्ड गर्न रआर्थिक जोखिम सम्हाल्न सक्यौं भने मानव सूचकांकसहित सबै पक्षमाकम्फर्टेबल जोनमा पुग्छौं भनेर गत वर्ष ‘रिभ्यु’ गर्ने समयममा हामीले तीनवर्षपछिलाई सारेर राखेका छौं । सायद हामी सन् २०२१मा बंगलादेशसँगै माथि जान्छौं ।

तर, फरक के छ भने अतिकम विकसितबाट स्तरोन्नति हुन तीनवटा कुराहेरिन्छ, आर्थिक जोखिम, मान विकस सूचकांक र प्रतिव्यक्ति आय । यीतीनवटामध्ये दुईवटामा उनीहरुले तोकेको सूचकांकभन्दा नाघेको हुनुपर्छ ।

अरु जुन स्तरोन्नती भएका र हुन लागेका मुलुककको के छ भने उनीहरुआय र अन्य कुनै कुरामा टेकेर जाँदैछन् । नेपालमा चाँही आयमा प्रगतिभएको छैन, हामी आयबाहेकका शर्तहरु आर्थिक जोखिम र मानव विकाससूचकांकमा राम्रो गर्दैछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Media Auto Publish Powered By : XYZScripts.com