Mon. Apr 22nd, 2019

यसकारण ठमेल पर्यटन विकास परिषद्को नेतृत्वमा उम्मेद्वारी दिँदैछन कार्यसमिति सदस्य अर्जुनलाल प्रधान

माघ १६ गते हुन गईरहेको ठमेल पर्यटन विकास परिषद्को २४ औं साधारणसभा र त्यससँगै हुन गइरहेको नयाँ कार्य समितिको निर्वाचनको लागि कार्यसमिति सदस्य अर्जुनलाल प्रधानले परिषद्को नेतृत्वको लागि आफूले उम्मेदवारी दिने मनसाय व्यक्त गरेका छन । पर्यटन क्षेत्रमा तीन दशक ठमेलमै बिताएका प्रधान राजनीतिमा समेत सक्रिय रहेका छन्।

उनी ठमेलमा बढदै गएको अराजकता नियन्त्रण गर्न तथा व्यवस्थित ठमेलको लागि आफ्नो उम्मेदवारी रहेने बताउँछन । जसका लागि आफु नेतृत्वको समुह राजनीति र अन्य क्षेत्रबाट प्रवाभित नभई पूर्ण रुपमा व्यवसायिक हुने र ठमेललाई सुविधा सम्पन्न बनाउने अभियानमा लाग्ने उनको दावी छ ।

परिषद्को नेतृत्वमा दाबि गरेका प्रधानले आफ्नो दाबेदारी रहनुका कारणबारे लाल्टिन खबरसँग कुराकानी गर्दै यस्ता कारण पेश गरेका छन :

– ३० बर्षदेखी पर्यटन क्षेत्रमा बिताएको र ठमेलको व्यवसाय, घरधनी र व्यवसायीको समस्यालाई स्पष्ट रुपमा बुझेको र समाधान गर्न स्पष्ट भिजन छ।

-ठमेलमा हचुवाको भरमा भेइकल फ्री जोन घोषणा गरियो जसले व्यापार व्यवसायलाई प्रभावित पारेको छ।  जसका कारण देखिएका स्थानीयको समस्या तथा व्यावसायीको समस्या समाधानका लागि बैज्ञानिक समाधानको योजना रहेको छ।

– ठमेलमा बढदै गएको अराजकता  नियन्त्रण गर्न तथा व्यवस्थित ठमेलको लागि यस अघिको नेतृत्वको कमजोरीलाई सुधार्दै अगाडी जाने र सबैसँग समन्वय गर्दै अगाडी जाने योजना छ।

– ठमेलका घरधनी र व्यवसायीबीचको सम्बन्धलाई प्रगाढ बनाउने , ठमेललाई व्यवस्थित गरेर २४ सैं घण्टा खोल्ने व्यवस्था रहेको र जसको लागि रात्रीकालिन व्यवसायलाई राज्यसँग समन्वय गराएर सुरक्षित ठमेल बनाउन स्थानीय निकाय र सरकारसँग समन्वय गर्नका लागि आफु सक्षम रहेको

– ठमेलमा देखिएको घरभाडा समस्या, सुरक्षा समस्या ,अव्यवस्थित ट्राफिक समस्या, व्यवस्थित रात्रिकालीन व्यवसाय, व्यवस्थित पार्किङ तथा पूर्वाधार विकासमा बनाउनुपर्ने लगायतको तमाम व्यवसायिक समस्यालाई निरुत्साहित गर्नको लागि राज्यका नियमन निकायहरुसँग समन्वय गर्दै आफू अगाडि बढ्ने योजना ।

-ठमेलको अस्तव्यस्तता नियन्त्रण गरी सहज रुपमा पर्यटक बस्ने वातावरण सृजना गरि स्थानीय र व्यवसायीको लागि हितमा काम गर्ने चाहना
– ठमेलमा आवश्यक भौतिक पूर्वाधार ,डिजिटल ठमेलको अवाधारणा ,शौचालय , सडक व्यवस्थापनका योजना

Leave a Reply

Your email address will not be published. Required fields are marked *