किर्तिपुरमा सयौँ वर्ष पुरानो कुवा नै गायव !


काठमाडौं । किर्तिपुर ५ भत्केपाटीमा सय वर्षभन्दा बढी पुरानो पुरातात्विक कुवा गायव भएको छ। नुवाकोट विदुरका शिवराम खड्कासँग किर्तिपुरकै सानु धिमालले कुवासँगै जोडिएको जग्गा किनेपछि धिमालले कुवा आफ्नो जग्गामा पारेका हुन ।

उनले कुवा आफ्नो जग्गामा पारेपछि स्थानीय विरोधमा उत्रिएका छन् । खड्कासँग किनेको ५ आना ३ पैसा १ दाम जग्गामा कुवा र कुवाले चर्चेको जग्गासमेत मिलाएर जग्गा ६ आना २ पैसा ३ दाम बनाएका छन् ।

उनले नापी विभागमा समेत सेटिङ मिलाएर कुवा हडपेको स्थानीयले आरोप लगाएका छन् । कुवा भएको जग्गा हडपेपछि खड्काले अहिले त्यहाँ घर बनाइरहेका छन् ।

स्थानीयले घर बनाउन अवरोध गरेपनि धिमालले जिल्ला प्रशासन कार्यालय र अदालतबाट आदेश ल्याएर घर बनाइरहेका छन ।कुवाका विषयमा किर्तिपुर नगरपालिकाका मेयर र उपमेयरले पनि यस विषयमा कुवा नहडप्न आग्रह गर्दै आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Media Auto Publish Powered By : XYZScripts.com