Mon. Apr 22nd, 2019

भारतले नेपाललाई दियो भैरहवाको हवाइ रुट

काठमाडौं । आगामी वर्षबाट सञ्चालनमा ल्याउने लक्ष्यसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि भारत भैरहवा एयर इन्ट्री प्वाइन्ट दिन तयार भएपछि रुटको गाँठो फुकेको सरकारी अधिकारीहरुको दाबी छ ।

हालै भारत भ्रमणमा गएका नागरिक उड्डयन तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीले भारतीय समकक्षी सुरेश प्रभुसँग भएको भेटमा एयर रुटको सहमति भएको बताएका छन् ।

उड्डयन अधिकारीहरु यो सहमति नयाँ नभएको दाबी गर्छन् । उनीहरुका अनुसार भैरहवाबाट रुट दिन भारत तयार थियो । तर, भैरहवा र पोखरा विमानस्थलमा आउने विमानका लागि नेपालगञ्ज र महेन्द्रनगरको रुट उपयुक्त हुन्छ ।

गत असार पहिलो साता काठमाडौंमा भएको वार्तामा महेन्द्रनगर, नेपालगञ्ज, जनकपुर र विराटनगर रुट थप्ने सम्झौतापत्रमा हस्ताक्षर भएको पनि थियो । यसलाई केपी शर्मा ओली नेतृत्वको सरकारले भारतसँग सम्बन्ध थप सुमधुर भएको प्रमाणका रुपमा अथ्र्याएको थियो । तर, लिखित सहमतिबाट पछि हट्दै भारतले नेपाललाई पश्चिमतर्फ हवाई रुट दिन अस्वीकार गर्‍यो ।

ग्लोबल एभिएसन समिटका क्रममा भारत पुगेका पर्यटनमन्त्री अधिकारीले भारतीय समकक्षीलाई भेट्दा पनि नेपालले नेपालगञ्ज र महेन्द्रनगरको रुट पाउने अवस्था बनेन ।

भारत पुरानो सहमति अनुसार भैरहवा मात्र होइन, जनपुर र विराटनगरबाट एयर रुट समेत दिन सहमत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *