Mon. Apr 22nd, 2019

मदिराले स्वास्थ्यमा पार्ने प्रभाब

अहिलेको समयमा बढ्दो मदिरा सेवनले धेरै व्यक्ति या समाजमा प्रमुख समस्या भइरहेको छ । यसबाटपारिवारिक कलह हुनु , सामाजिक सदभाब बिग्रनु, अपराध बढ्नुको साथै स्वास्थ्यमा धेरै असर परिरहेछ।धेरै मदिरा सेवनले गलत क्रियाकलापलाई उक्साहित गर्दछ । यसले बढी अस्वस्थकर खाना खाने या सन्तुलित भोजन गर्नबाट बन्चित गराउछ। मदिराको लत लागिसकेपछि नियमित यसको सेवनलेअनेक रोगको जोखिम हुने हुन्छ ।

मदिराले किन गर्छ असर :

मदिरामा हुने अल्कोहल नसादर हुन्छ । अल्कोहल भनेको औषधि हो। यसको अर्को नाम एथानोल याएथोल अल्कोहल हो। यसले मुख्य कार्यहरुलाई ढिलो गराउदछ।जस्तै बोलि लर्बराउनु, एकनासको चाल नहुनु, भिन्न बुझाइ बन्नु, चाडै प्रतिकिया दिन असक्षम हुनु आदि हुन् ्र अल्कोहलले दिमागलाई कसरी असर गर्छ भन्न बुझ्नकोलागि औषधिले कसरी व्यक्तिको ठिक सोच्ने र बिचार गर्ने कार्यलाई कम गर्छ भनेर जान्न सकिन्छ।

यधपी डिप्रेसन्टको रुपमा बर्गिकरण गरेपनि अल्कोहल पिउने परिणामले कत्तिको असर गर्छ भन्ने निर्क्योल गर्छ । धेरै मान्छेहरु मदिरा नसा लाग्नको लागि पिउछन्।शरीरले चाहेको भन्दा बढी पिएमा ह्यांग ओभर हुने अनि आफुलाई नै मुर्ख ठान्ने, या क्रियाकलापहरु आफ्नो अधिन भन्दा बाहिर गएको अनुभव गर्दछन। धेरै मदिरा सेवन गरेमा दुखेको थाह नहुने, टक्सिक भएपछि शरीरले बिष वान्ता गर्ने र बेहोश हुने, कोमामा पुग्ने या मृत्यु नै पनि हुन सक्छ। यस्तो प्रतिक्रिया आ(आफ्नो शरीर अनुसार कति परिणाम र कति चाडै पिइएकोमा भर पर्दछ ।

धेरै किसिमको अल्कोहल हुन्छन। इथानोल अल्कोहल अन्न र फलफुलबाट बनाईन्छ । यो बनाउनेलाई फरमेन्टेसन भनिन्छ । फरमेन्टेसन भनेको केमिकल प्रोसेस हो जहा मार्चा ( इष्ट) द्वारा अल्कोहल उत्पादन हुन्छ ।  यिनीहरुमा प्राय २ देखि २० प्रतिशत अल्कोहल हुन्छ।

अर्को किसिमको इथानोल अल्कोहल बनाउनेलाइ डिस्टिल भनिन्छ । यसमा फरमेन्टेसन गरी बाफ बनाएर त्यो बाफलाई चिस्याएर पछि अल्कोहल बन्छ ्र डिस्टिलमा अल्कोहलको मात्रा बढी हुन्छ । यसका उदारहणहरु व्हिस्की, भोड्का, रम आदि हुन् ्र यसमा प्राय अल्कोहलको मात्रा ४० देखि ५० प्रतिशत हुन्छ ।

मदिराले स्वास्थ्यमा कसरी जोखिम पार्छ :

थोरै परिणाम सम्झेर प्राय सधै मदिरा सेवन गर्दामा पनि शरीरको भित्र र बाहिर धेरै हानि गर्न सक्छ। सधै मदिरा सेवन गर्दामा बिहानपख मुड खराब हुने, शरीरका छाला पहिला जस्तो सफा नदेखिने जस्तो हुनुको साथै पुरुषमा खासगरी यौन क्रियाकलापमा कमि हुन पनि सक्छ।

बाहिरबाट देखिनुको साथै मदिराले भित्रि शरीरलाई धेरै हानि गर्दछ। सधै थोरै या धेरै नियमित मदिरा सेवन गर्नेलाई मुख तथा घाटीको क्यान्सर हुने जोखिम तीन गुणा बढी हुन्छ। सधै मदिरा पिउने महिलालाइ स्तन क्यान्सर हुने जोखिम करिब बीस प्रतिशतले बढ्छ।त्यस्तै नियमित मदिरा सेवनले स्ट्रोक,मुटुरोग उच्च रक्तचाप, कलेजोको रोग,प्यान्क्रियाजको रोग, प्रजनन कम बन्नु आदि रोगको जोखिम बढाउछ। यसको साथै नियमित मदिरा सेवनले पाचनक्रियामा समस्या, छालामा थोप्लाहरु आउनु, अनुहार फुलिनु, छाला चाउरिने, निन्द्रा कम पर्नु, डिप्रेसन हुनु , नपुंसक हुनु जस्ता रोगहरुको कारक बन्न सक्छ।

यो कुरामा शंका छैन कि जो मानिस सधै मदिरा पिउने गर्छन, उनीहरुको स्वास्थ्यमा अनेक किसिमका जोखिमहरू हुने गर्छन । मधुमेह या उच्च रक्तचाप भइसकेको मानिसलाई नियमित मदिरा सेवनले निराशापन या डिप्रेसन बढ्ने कारण झन बढाउने गर्छ। अनुसन्धानले देखाएको छ कि धेरै मात्राको मदिरा सेवनले मानसिक स्वास्थ्यमा असर गर्छ। यसले स्मरण शक्तिको ह्रास गर्दछ।

मदिरा सम्बन्धि अनेक अनुसन्धान तथा खोज भएको छ । कुनैपनि परिणामको अल्कोहलले शरीरलाइ फाइदा हुने भन्ने पछिल्लो खोजले अस्विकार गरेको छ। बेलायती सरकारले मदिरा सेवन गर्नेको लागिहप्तामा १४ युनिट भन्दा गर्न नहुने सुझाब दिएको छ । १ युनिट भनेको २५ एम। एल (१ पेग) स्पिरिट जस्तै हिस्की, ब्रान्डी, भोड्का, रम आदि ,आधि पाइन्ट बियर, १२५ मिलि लिटर वाइन एउटा सानो गिलास हो ।

तर यसको साथै हरेक दिन मदिरा पिउनु हानिकारक हुन्छ।दिनको तीन युनिट भन्दा बढी मदिरा सेवन गर्नेको सिधा मुटुलाई असर पर्ने पाइएको छ। केहि समयपछि धेरै मदिरा सेवनले रक्तचाप बढाउने, हार्ट फेलियर हुने, स्ट्रोक हुने जस्ता जीबन नै जोखिममा हुने रोगको शिकार बन्न सकिन्छ।धेरै मदिरा सेवनले धेरै शरीरको बोसो शरीरका अरु अंगमा संचार पनि गराउछ। मदिरामा धेरै क्यालोरी हुने हुदामा मोटो मानिस, मधुमेय भएकाले विशेष साबधानी हुनुपर्दछ।

क्यान्सर रिसर्च युकेले गरेको हालै अनुसन्धानमा बेलायतमा मात्रै बर्षनि तेह्र हजार मानिसलाइ मदिरा सेवनको कारणले क्यान्सर हुने बताएको छ। क्यान्सर बिशेषज्ञका अनुसार चाहिने भन्दा दिनमा दस ग्राम बढी अल्कोहल पिएमा महिलालाई स्तन क्यान्सर हुनेजोखिम ७ देखि १२ प्रतिशतले बढ्छ। १७५ मिलिलिटर वाइनमा ९एउटा सानो गिलास ०१६ ग्राम अल्कोहल हुन्छ।

अनुसन्धानले थाह भएको छ कि हप्ताको सय ग्राम अल्कोहल सेवन गर्नाले नितम्ब क्यान्सरको जोखिम १९ प्रतिशतले बढ्छ। त्यस्तै अल्कोहलले शरीरले प्राकृतिक रुपबाट भाइरल संक्रमण संग लड्ने क्षमता लाइ ह्रास गर्छ।प्रजनन बारे गरिएको अध्ययनमा निममित थोरै मात्रै मदिरा सेवन गर्ने महिलामा गर्भ बस्ने सम्भावना कम र धेरै मदिरा सेवन गर्ने पुरुषको प्रजनन शुक्रकिट कम हुने बताएको छ।

धेरै मदिरा सेवनबाट आसटेल्डाहाइड टक्सिकको सम्बन्ध जोडिएको छ जसले डीएन ए लाई नोक्सान गर्ने पाइएको छ। त्यसैले गर्भवती हुदामा एकपटक मात्रै पनि अत्यधिक मदिरा सेवन गरेमा पेटमा भएको बच्चाको जीन नोक्सान हुन सक्छ। मदिरा सेवनले क्यान्सर हुने कारण थाह भइसकेको छ। डीएनए परिबर्तन नभईकन क्यान्सर कोषहरू बन्दैन। जब मदिरा सेवन गरिन्छ, आसटेल्डाहाइडले डीएनएको जीबनलाईखराब बनाउछ र क्यान्सरको बाटो तिर धकल्छ।

अल्कोहलमा हुने टक्सिक बिषय जटिल हो तर यसले स्वास्थ्यमा पार्ने जोखिम त थाह छदैछ। जति धेरै मदिरा सेवन गर्यो त्यतिनै बढी कलेजोको नोक्सान हुने जोखिम बढ्छ। गत २०(३० बर्षको तथ्यांक हेर्ने हो भने कलेजोको रोग ५०० प्रतिशतले बेलायतमा बढेको छ ्र यसमा ८५ प्रतिशत मदिरा सेवनको कारणले हो। मदिरा सेवन जति कम गर्यो त्यति नै उपयुक्त हुन्छ।दिनको २(३ युनिट भन्दा बढी पिएमा स्वास्थ्यमा धेरै जोखिम बढ्छ। धेरै मानिसहरु युनिट नबुझेर या पिउन शुरु गरेपछि जोखिमलाई बिर्सने गर्दछन।

मदिरा सेवन कम गरौ अनि स्वस्थ सुधारौँ
जतिसक्यो थोरै या बिलकुलै मदिरा नपिउनु नै उत्तम हुन्छ।मदिराको लत लागिसकेको मानिसहरु कोही चाहेर पनि छोड्न सक्दैनन्। उनीहरुलाई सहयोग गर्नु घरपरिवार, इष्टमित्र, समाज सबैको दायित्व हुन्छ।धेरै समय मदिरा सेवनको नसाबाट छुट्नको लागि मदिरा पुनर्स्थापना केन्द्रहरुमा सम्पर्क राखी सहयोग पाउन सकिन्छ। डाक्टर या स्वास्थ्यकर्मीहरुले पनि मदिरा छोड्ने सम्बन्धि सल्लाह, सुझाब तथा उपचारका तरिका बताउदछन।

लामो समयदेखि मदिराको लत लागेको मानिसलाई यसबाट छोडाउन लागि उसलाई बिरामीको रुपमा हेरिनु पर्दछ। मदिरा छोडेपछि शरीरले दिने प्राकृतिक प्रतिक्रियालाइ थाम्न नसकेर फेरी शुरु गर्नु हुदैन।धेरै बर्ष मदिरा सेवन गरेर छोडेपछि उस व्यक्तिलाई घर परिवार, समाजले पनि उत्तिकै रुपमा सम्मान गर्ने क्रियाकलापको अरु बिकास गर्नुपर्छ्र मनोबल उच्च राख्न लगाई सामान्य जीबनयापन गर्ने हौशला सबैले दिनुपर्छ।

मदिराको बानिबाट छुटेपछि जीवनलाई एक उत्सबको रुपमा लिइ हर दिन सकारात्मक सोच बनाएर अघि बढ्नु पर्छ।धेरै रोगको जोखिम बढाउने मदिरालाई सकेको भोज, पार्टी, उत्सबहरुमा धेरै पिउने परिपाटीलाई निरुत्साही बनाउनु पर्दछ।मदिरा छोड्ने या कम गर्ने कुनैपनि बेला ढिलो हुदैन।

-लामो समयदेखि बेलायत बस्दै आएका आचार्य “कोरोनरी मुटुरोग “२०१० पुस्तकका लेखक हुन् ।

1 thought on “मदिराले स्वास्थ्यमा पार्ने प्रभाब

  1. गहन र उपयोगी लेख पढ़न पाएँ । लेखक बिककल लाई धन्यबाद छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *