मेलम्ची खानेपानी आयोजनाद्धारा ईटालियन कम्पनी ’सिएमसी’सँगको ठेक्का आधिकारिक रुपमै रद्द !


काठमांडौ । मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा पाएको ईटालियन कम्पनी ’सिएमसी’सँगको सम्झौता आधिकारिक ?पमा रद्द भएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले १४ दिनभित्र उपस्थित हुन दिएको म्याद सकिएसँगै सिएमसीसँगको ठेक्का रद्द भएको मन्त्रालयले जनाएको छ ।

अन्तर्रा्ष्ट्रिय निमयअनुसार दिइएको समयसीमा भित्र निर्माण कम्पनी सम्पर्कमा नआए करार स्वत रद्द हुने ह्न्छ ।सोही व्यवस्थाअनुसार सिएमसीसँगको करार भंग भएको र अब अन्य ठेकेदार कम्पनीलाई लगाउन बाटो ख’लेको मन्त्रालयले जनााएको छ।

मन्त्रालयलले बाँकी रहेको काम सक्नका लागि छोटो कान’नी प्रकृया अपनाउन सकिने बारेमा छलफल गरिरहेको जनाएका छ।आर्थिक रुपमा टाट पल्टेको घोषणा गर्दै सिएमसीले ६ साताअघि काम छाडेको थियो. आयोजनाको निर्माण कार्य अब ३ प्रतिशत मात्रै बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Media Auto Publish Powered By : XYZScripts.com