राजकुमार स्मृति ईन्टर स्कुल टि २० क्रीकेट प्रतियोगिता हुने


लक्ष्मण बस्नेत २२  माघ तुलसीपुर दाङ ! राजकुमार स्मृति ईन्टर स्कुल टि २० क्रीकेट हुने ! दाङको तुलसीपुरमा राज कुमार स्मृति ईन्टर स्कुल टि २० क्रीकेट प्रतियोगिता हुने भएको छ ! रोटरि क्लव अफ तुलसिपुर सिटि र रोट्र्याक्ट क्लब अफ तुलसीपुर सिटिको सयुत्त आयोजनामा क्लवका सस्थापक अध्यक्ष स्वर्गीय राज कुमार श्रेष्ठको स्मृतिमा सन्चालन हुने प्रतियोगिता यहि माघ २७ गते देखि सुरु हुनेछ ! प्रतियोगिता उद्घाटन समारोहमा नेपाली क्रीकेटका पुर्व रास्ट्रीय खेलाडी शक्ति गौचन आउने कार्यक्रम रहेको छ ! बिधालय स्तरमा खेलकुदको पहुँच अभिवृद्धि गर्ने र नव प्रतिभाहरुलाई क्रीकेट खेलमा स्थापित गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा तुलसिपुर नगर क्षेत्रका निजि तथा सामुदायिक बिधालय गरि १२ टिमको सहभागिता रहनेछ ! फागुन ४ गते सम्म चल्ने प्रतियोगिताको बिजेताले नगद ३० हजार ट्रफी मेडल, प्रमाणपत्र तथा उपबिजेताले नगद २० हजार ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्नेछन् !त्यस्तै सोही अबसरमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी मध्यबाट बेस्ट ब्याट्सम्यान,वेस्ट बलर,वेस्ट किप्पिङ,म्याच अफ द सिरिज,राईजिङ प्लेयर लगाएतका बिधामा पुरस्कृत गरिने आयोजक रोट्र्याक्ट क्लबका अध्यक्ष रुपेश शर्माले जानकारी दिएका छ्न !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Media Auto Publish Powered By : XYZScripts.com