बंगलादेशको ‘राष्ट्रिय कविता उत्सव’ मा नेपाल !


काठमाडौं । बङ्गलादेशमा राष्ट्रिय कविता उत्सव सम्पन्न भएको छ । फेब्रुअरी १ र २ मा ढाकामा सम्पन्न उक्त उत्सवमा नेपालबाट पनि सहभागिता जनाएको थियो।

सन् १९८७ मा मूलतः दुव्र्यवहार र अत्याचारका विरुद्धमा यो कविता उत्सवको शुरु भएको हो । यस वर्षको उत्सव सन् १९६९ को जनविद्रोहको ५० वर्ष पुगेको बेला यसका शहिदहरूको सम्मानमा समर्पित थियो । बङ्गलादेशका राष्ट्रकवि काजी नजरूल इस्लाम, कलाविद् जैनूल अवेदीन, पतुवा कमरूल हसन तथा भाषा आन्दोलनका अन्य शहिदप्रति श्रद्धाञ्जली अर्पणपछि कविता उत्सवको उद्घाटन गरिएको थियो ।

बङ्गलादेशका प्रख्यात् कवि असद चौधरीले राष्ट्रिय कविता उत्सवको उद्घाटन गरेका थिए । साहित्यको एउटा विधा कविताले बङ्गलादेशीहरूको स्वतन्त्रतामा ठूलो भूमिका खेलेको उल्लेख गर्दै बङ्गलादेशीहरूका लागि कविता अन्याय, अत्याचार र हिंसाका विरूद्धको पे्ररणा रहेको उनले बताए ।

बङ्गालीहरूको जीत भनेको कविताको जीत हो भन्ने मूलः विषय रहेको उत्सवमा देशभरका चार सयभन्दा बढी कविहरूले कविता पाठ गरेका थिए । बङ्गाली कविका अतिरिक्त कविता उत्सवमा नेपाल, भारत, टर्की, कङ्गो, स्पेन, इराक, श्रीलङ्का, युके, स्वीडेन, मालद्वीप, मलेसिया र उरुग्वे गरी १२ देशका १९ जना कविहरूको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Media Auto Publish Powered By : XYZScripts.com