Mon. Apr 22nd, 2019

अब फेसबुक मेसेन्जरमा पठाएका मेसेज पनि डिलिट गर्न मिल्ने !

फेसबुकले प्रयोगकर्ताले व्यग्र रुपमा प्रतीक्षा गरिरहेको फिचर सार्वजनिक गरेको छ । फेसबुकले मेसेन्जर प्रयोगकर्ताका लागि अनसेन्ड फिचर ल्याएको हो । अब फेसबुक मेसेन्जर प्रयोगकर्ताले मेसेन्जरमा कसैलाई पठाएका मेसेजहरु डिलिट गर्न सक्नेछन् ।

यसरी पठाउनेले पठाइसकेरपाउनेको च्याट बक्समा पुगिसकेका मेसेजहरु समेत प्रेषकले डिलिट गर्न सक्नेछ र त्यसरी डिलिट गरिसकेका मेसेज प्रापकको च्याटबक्सबाट स्वतः डिलिट हुनेछन् ।

तर मेसेन्जरमा पठाइएका मेसेजहरु निश्चित समयमा डिलिट गरिसक्नु पर्नेछ । अर्थात् यसरी मेसेज डिलिट गर्न चाहनेले मेसेज पठाएको १० मिनेट भित्रमा डिलिट गर्नुपर्नेछ । अन्यथा प्रापकको च्याटबक्सबाट मेसेज हट्ने छैनन् ।

यो फिचर थप गरिएसँगै अब यदि तपाईंले कसैलाई भुलबस मेसेन्जरमा मेसेज पठाउनुभयो भने चिन्ता मान्नु पर्दैन । १० मिनेटभित्रमा त्यसलाई डिलिट गर्न सक्नुहुनेछ र त्यति बेलासम्म प्रापकले तपाईंको मेसेज नहेरेको पनि हुन सक्दछ ।

अहिलेसम्म मेसेन्जरमा प्रयोगकर्ताले केवल आफ्नो च्याटबक्सबाटमात्र मेसेज डिलिट गर्न सक्दथे । पठाइसकेका मेसेज प्रापकको च्याटबक्सबाट समेत हटाइदिने फिचर उपलब्ध थिएन । तर मेसेन्जरमा अनसेन्ड फिचर थप गरेसँगै अब प्रापकको च्याटबक्स बाट पनि मेसेज डिलिट हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *