Mon. Apr 22nd, 2019

विद्यार्थि विदेशिने क्रम अत्यधिक, दुइ लाख ४० हजार वाहिरीए

अध्ययनका लागि विदेशीने विद्यार्थीहरुको संख्या अत्यधिक बढेको पाइएको छ । २०७० सालमा २८ हजार एक सय २६ जना विद्यार्थिहरु विदेशिएकोमा २०७४ मा यो संख्या वढेर ५८ हजार सात सय ५८ पुगेको छ ।

पछिल्लो पाँच बर्षयता झण्डै दुइ लाख ४० हजार बिद्यार्थिहरु वैदेशिक अध्ययनका लागि वाहिरीएका छन् । अध्ययन अनुमतिपत्र लिएर ७१ देशमा दुइ लाख ३५ हजार ७४ बिद्यार्थीहरु बाहिरीएको शिक्षा बिज्ञान तथा प्रबिधी मन्त्रालय अन्तर्गत वैदेशिक अध्ययन अनुमति शाखाको तथ्याङकमा उल्लेख छ ।

२०७०÷०७१ मा २८ हजार एक सय २६, २०७१÷०७२ मा ३० हजार ६ सय ९६, २०७२÷०७३ मा ३२ हजार चार सय ८९ जना विद्यार्थीहरु विदेशीएको बैदेशिक अध्ययन अनुमति शाखाका प्रमुख देवीप्रसाद उपाध्यायले जानकारी दिए । उपाध्यायका अनुसार ती विद्यार्थीहरु खर्च व्यक्तिगत व्यहोर्ने गरी अध्ययनका लागि वाहिरीएका हुन् ।

यस्तै २०७३-०७४ मा ५० हजार ६ सय ५९ र २०७४÷०७५ मा ५८ हजार सात सय ५८ जना विद्यार्थीहरु बाहिरीएका छन् ।

वैदेशिक अध्ययन अनुमतिपत्र शाखाको पछिल्लो ६ महिनामा ३४ हजार तीन सय ४६ जना बिद्यार्थीहरुले विदेश जानका लागी अनुमति लिएका छन् ।

यसरी हेर्दा दैनिक एक सय ९० जना विद्यार्थीहरु अध्ययनका लागि विदेशीने गरेको देखिन्छ । २०७५ साउनमा चार हजार आठ सय १६, भदौमा ६ हजार ६ सय ६४, असोजमा पाँच हजार सात सय ८८, कार्तिकमा तीन हजार ६ सय ८१, मंसिरमा ६ हजार ६ सय २७ र पुसमसान्त सम्म ६ हजार सात सय ७० जना बिद्यार्थीले बैदेशीक अध्ययनका लागि अनुमति पत्र लिएका छन् ।

२०७४ साउनदेखि मंसिर मसान्तसम्म ६२ देशमा बिद्यार्थीहरु अध्ययनका लागि गएका हुन् । जसअन्तर्गत सवैभन्दा धेरै अष्टे«लीया जानका लागि २१ हजार सात सय ७९ जना विद्यार्थीहरु बाहिरीएका छन् । यस्तै, जापानमा तीन हजार तीन सय २९, भारतमा एक हजार तीन सय ८०, चिनमा एक हजार दुइ सय २५, साइप्रसमा आठ सय ८० बिद्यार्थीहरु गएका छन् ।

यस्तै, क्यानडामा सात सय ४० यूएसएमा ६ सय ९२, न्यूूजल्याण्डमा पाँच सय ५८, दक्षिण कोरीयामा पाँच सय ३६, यूएइमा चार सय ८५, वंगलादेशमा चार सय ७३, फ्रान्समा तीन सय ११, थायल्याण्डमा २ सय ८६, पोल्याण्डमा दुइ सय ६५ जना बिद्यार्थी बिदेशिएका छन् ।

वैदेशिक अध्ययनका लागि अनुमति लिन पुगेका म्याक्स डागींले भने,‘म इन्जीनियर अध्ययनका लागि रुस जाने निधो गरेको छुं । पैंसा पनि राम्रो हुन्छ पढाइ पनि उत्कृष्ठ छ भनेर बाहिरी देश जाने निधो गरेको हुँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *