Mon. Apr 22nd, 2019

डिभाईन टेम्पल स्कुलमा साताब्यापी स्पोर्ट्स मिट कार्यक्रम सुरु

माघ । तुलसिपुर डिभाइन टेम्पल एकाडेमी तुलसिपुर गोलौराले बुधबार देखि साता ब्यापी स्पोर्ट्स मिट कार्यक्रमको सुरुवात गरेको छ । बिधालयका प्रीन्सिपल भोज राज न्यौपानेको अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिका वडा न १० का अध्यक्ष कुमार लामिछानेको प्रमुख आतिथ्य एवं तुलसिपुर उपमहानगरपालिका कार्यपालिका सदस्य,खेलकुद सयोजक अमर नेपाली माईकलको बिशिस्ट आतिथ्यमा कार्यक्रमको उद्घाटन गरिएको हो ।

स्पोर्ट्स मिट कार्यक्रमको समापन माघ २८ गते हुने बिधालयको वार्षिक उत्सव कार्यक्रमका बिच गरिने खेल सयोजक आकाश सिं ले जानकारी दिनु भएको छ । कार्यक्रमको सन्चालन बिधालयका भाईस प्रीन्सिपल हिमाल कडेलले गर्नु भएको थियो ।

सो अबरमा भएको छात्रा भलिबलमा २-१ को सेटमा एलो हाउसलाई पराजित गर्दै ब्लु हाउसले बिजयी सुरुवात गरेको छ भने बि आर डेन्टल हस्पिटल तुलसिपुरको सयोजनमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । डाक्टर बि पि भुसाल नेतृत्वमा खटिएको स्वास्थ्य कर्मी टोलिले शिविरमा बिद्यार्थी,शिक्षक,अभिभावक गरि झण्डै तीन सय पचास जनाको दात चेकजाँच गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *