भ्रष्टाचार कहिल्यै नहुने नेपालको यस्तो एउटा गाउँ ….


हुम्ला । सुन्दै अचम्म लाग्ने नेपालमा पनि भ्रष्टाचार नहुने एउटा यस्तो गाउँ भेटिएको छ। कुरा हो हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी भ्रष्टाचार शून्य गाउँको । भ्रष्टाचार शून्य सहनशीलता अपनाएपछि यहाँ कुनै पनि योजना सञ्चालन गर्दा स्थानी उपभोक्ता समितिमा बस्न मान्दैनन् । तर, अन्य ठाउँमा भने उपभोक्ता समितिमा बस्न तँछाडमछाड गर्ने मात्र होइन, राजनीतिक शक्तिसमेत प्रदर्शन गर्ने गरेका छन् ।

भ्रष्टाचार शून्य सहनशीलता अपनाएको लिमीमा भने उपभोक्ता समितिमा बस्न नमानेपछि स्थानीयलाई घरको पालो लगाएर अनिवार्य रूपमा समितिमा बसाल्ने व्यवस्था गरिएको स्थानीय बताउछन ।

विकास निर्माणका कुनै पनि कार्य गर्दा गाउँमा एक रुपैयाँको पनि अनियमितता नहुने उनीहरुको दाबी छ । धार्मिक तथा सामाजिक मान्यता र विकासमा सबैको अपनत्व र सहभागिताले यस गाउँमा रकम हिनामिना हुने गरेको छैन । बरु विकास निर्माणका लागि आएका रकमलाई कसरी बचाएर गुणस्तरीय काम गर्नेतर्फ सबैको ध्यान केन्द्रित हुने गरेको छ ।

गाउँमा आएको योजनाको प्रभावकारी कार्यान्वयनका लागि सबैभन्दा पहिले सरोकारवाला सबैको अनिवार्य सहभागितामा विस्तृत छलफल गरिन्छ । त्यसपछि सो योजनाको कार्यान्वयनका लागि स्थानीयको सहभागितामा उपभोक्ता समिति गठन गरिन्छ र त्यसको अनुगमनमा समेत सबैको सहभागिता गराउने परिपाटीले लिमी शून्य भ्रष्टाचार गाउँ हुन पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Media Auto Publish Powered By : XYZScripts.com