किन हुन्छ शैक्षिक हड्ताल ? (विश्लेषण)


 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको फ्ल्यास रिपोर्ट, २०७४ का अनुसार हाल मुलुकका ३५ हजार ६०१ विद्यालय छन् । यसमा २७ हजार ८८३ सामुदायिक र निजी प्रकृतिका विद्यालय छ हजार ५६६ र अन्य धार्मिक प्रकृतिका विद्यालय छन् । कक्षा १ देखि १२ सम्म कूल ७३ लाख ९१ हजार ५७४ विद्यार्थी अध्ययनरत छन् ।

नेत्रविक्रम चन्र्द विप्लव’ निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनका कोषाअध्यक्ष नरेन्द्र वि.क लाई पक्राउ गरेको विरोधमा आज देशव्यापी रुपमा शैक्षिक हड्ताल गरेको छ । । नेपाल सरकारले विसं २०६८ जेठ ११ मा विद्यालयलाई शान्ति क्षेत्रका रुपमा घोषणा गरेपनि विभिन्न विद्यार्थी संगठनहरुले पटक पटक उल्लङ्घन गर्दा विद्यार्थीको पढाई प्रभावित हुदै आएको छ ।

शिक्षा तथा विज्ञान प्रविधी मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले राजनितीक मुद्दा उठाएर विद्यार्थीको पढ्ने अधिकार बञ्चीत गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले यस बिषयमा गृह कार्य गरीरहेका छौं । कसैलाई पनि अनावश्यक रुपमा पढ्ने अधिकारबाट वञ्चीत गराइनुहुँदैन ।’

अखिल क्रान्तिकारी विद्यार्थी संगठनका केन्द्रिय महासचिव प्रकास शाहीका अनुसार वीद्यार्थीसंगठनका कोषाअध्यक्ष नरेन्द्र वि.क लाई विद्यार्थीको कार्यक्रमबाट फर्किदा षड्यन्त्रमुलक रुपले पक्राउ गरेकाले आफुहरु बाध्य भएर शैक्षिक हड्ताल गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Media Auto Publish Powered By : XYZScripts.com