Mon. Apr 22nd, 2019

प्रदेश ५ मा भइरहेका कामबारे संसदीय समितिले अनुगमन गर्ने

रुपन्देही, २४ माघ । वन मन्त्रालयअन्तर्गत प्रदेश ५ मा भइरहेका कामबारे संसदीय समितिले अनुगमन गर्ने भएको छ । आज बुटवलमा बसेको संसद्को सार्वजनिक लेखा समितिले अनुगमनका लागि पहिलो चरणमा तराईका छ जिल्ला जाने निर्णय गरेको हो । समितिले पहिलो चरणमा प्रदेशका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, नवलपरासी, रुपन्देही जिल्ला अनुगमन गर्ने जनाएको छ ।

जिल्लामा वनजङ्गल खनिज पदार्थ दुरुपयोग भएको र ढुङ्गा, गिट्टी, बालुवा निकासी र इँटा उद्योग मापदण्डअनुसार चले÷नचलेको अनुगमनका लागि समितिका सदस्य जिल्लामै पुगेर अनुगमन गर्ने निर्णय गरेको समितिका सभापति डिल्ली चौधरीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *