आइजीपीलाई चिठ्ठी लेख्दा जागिर गुमाएका प्रहरी जवान दीपेन्द्रले अदालतबाट पाए न्याय !


धनगढी। नेपाल प्रहरी संगठन भित्र योग्यता क्षमाताको उचित कदर हुनुपर्ने आवाज उठाउँदा जागिर गुमाएका एक प्रहरी जवानलाई अदालतले न्याय गरेको छ। जागिरबाट हटाइएका प्रहरी जवान दीपेन्द्र बहादुर चन्दलाई पुर्नबहाली गर्न अदालतले आदेश दिएको हो।

उच्च अदालत दिपायलले जागिरबाट हटाइएका प्रहरी जवान चन्द निर्दोष ठहर गरेको हो । न्यायाधीशद्वय मुनेन्द्र प्रसाद अवस्थी र नसरुल्लाह अंसारीको संयुक्त इजलासले जागिरबाट हटाउने निर्णय बदर गरी जागिरबाट हटाइएको मितिदेखी हालसम्मको सबै तलब, रासन, भत्ता र फ्री स्केलका लत्ताकपडा समेत दिई प्रहरी जवान पदमा पुर्नवहाली गर्नु भनी परमादेश जारी गरेको हो ।

उनले प्रहरी संगठन भित्र सुधारको माग गर्दै बैशाखमा चन्दले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई एउटा निवेदन पत्र लेखेका थिए।

निवेदनमा प्रहरी सँगठन भित्र सुधारका बुँदाहरु समेटिएका थिए। उक्त पत्र पछि सामाजिक सञ्जाल फेसबुक तथा अनलाइन न्युज पोर्टलहरुमा भाइरल बन्न पुग्यो। पत्र सार्वजनिक भएपछि कैलालीका प्रहरी नायव उपरिक्षक विर बहाबदुर बुढामगरले प्रहरीको मर्यादा विपरित पत्र लेखेको भन्दै जवान चन्द माथि कुटपिट गरेका थिए। जवान चन्दले न्याय माग्दा डिएसपीको कुटाई खानु परेको भन्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल कहाँ धाए। तर , आइजीपिले पनि न्याय दिएन्।

त्यसपछि एसएसपीले पुनर्बहाली गरिदिन्छु मिलापत्र गर भनी आश्वासन दिएपछि जवान चन्दले जिल्ला अदालत कैलालीमा मिलापत्र गरे। मिलापत्र डिएसपीसँगको कुटपिट मुद्दामा भएको थियो। मिलापत्र गर्ने काम भएपछि एसएसपीले धोका दिएको चन्द बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Media Auto Publish Powered By : XYZScripts.com