राष्ट्रिय बक्सिङको फाइनलमा दाङकी सुशिला


दाङकी सुशिला

काठमाण्डौ । काठमाण्डौमा जारी विर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा दाङकी सुशिला थापा फाइनलमा प्रवेश गरेकी छन् ।
विर गणेशमान फाउण्डेशन काठमाण्डौको आयोजनामा संचालित प्रतियोगितामा प्रदेश नं ५ को प्रतिनिधित्व गर्दै थापाले सेमिफाइनलमा प्रदेश नं ३ की शुस्मा तामाङलाई ४८ के.जी तौल समुहमा पराजीत गर्दै फाईनल यात्रा पक्का गरेकी हुन् । उनि नेपाल पुलिसकी दिवाना शेर्पा संग फाइनलमा भिड्नेछिन् । त्यस्तै दाङका गणेश थापा र केशर खत्री सेमीफाइनल प्रवेश गरेका छन ।

पुरुष ६० के.जी तौल समुहमा प्रदेश नं २ का सुदिप घिसिङलाई क्वाटर फाईनलमा पराजीत गर्दै प्रदेश नं ५ को नेतृत्व गरेका गणेश थापाले सेमिफाइनल यात्रा तय गरे भने ८१ केजी तौल समुहमा शसस्त्र प्रहरी बल एपी एफका गोकुल गुरुङलाई क्वाटर फाइनलमा पराजीत गर्दै केशर खत्रीले सेमिफाइनल पक्का गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Media Auto Publish Powered By : XYZScripts.com