पूर्व -उपप्रधानमन्त्री भरतमोहन अधिकारी पुन: अस्पताल भर्ना


काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई थप उपचारका लागि ह्याम्स अस्पतालमा पुनः भर्ना गरिएको छ ।

उनको श्वासप्रश्वासलगायतमा समस्या देखिएपछि मेडिसिटी अस्पतालबाट थप उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना गरिएको बुझिएको छ ।

गत माघ २ गते अधिकारीको स्वास्थ्यमा समस्या आएपछि मेडिसिटीमा भर्ना गरिएको थियो । मेडिसिटी अस्पतालमा उपचारमा सुधार नभएपछि ह्याम्स अस्पतालमा पुनः भर्ना गरिएको उनले बताए । अधिकारीको मुटु र फोक्सोमा समस्या देखिएको छ ।

उनका अनुसार ह्याम्स अस्पतालमा अधिकारीको डा भगवान कोइराला, डा मनबहादुर केसी र डा.अर्जुन कार्कीलगायतका समूहले स्वास्थ्य उपचार गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Media Auto Publish Powered By : XYZScripts.com