Mon. Apr 22nd, 2019

बिहे गर्छु भन्दै साली बलात्कार गर्ने भेना पक्राउ !

काठमाडौ । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा काठमाडौं महानगरपालिका– १३ वाफल डेरा गरी बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका– ६ घर भएका ३८ वर्षीय लिलाबहादुर कार्की पक्राउ परेका छन् । नातामा साली पर्ने सर्लाही घर भएकी वाफल बस्ने किशोरीलाई कार्कीले बलात्कार गरेका थिए । महानगरीय प्रहरी वृत कालीमाटीबाट खटिएको प्रहरीले कार्कीलाई पक्राउ गरेको हो ।

यसैगरी कैलाली, लम्की चुहा नगरपालिका–३ बस्ने १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही नगरपालिका–४ बस्ने ४७ वर्षीय बालाराम बसुटेललाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । बालारामले माघ १९ गते ललाई फकाई बिबाह गर्छु भनि प्रलोभनमा पारी आफ्नै घरमा बालिकालाई बलात्कार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *