प्रधानमन्त्रीको चुनाव लड्दै थाइल्याण्डकी राजकुमारी


काठमाडौं । थाइल्याण्डकी राजकुमारीले सबैलाई आश्चर्यचकित पार्दै प्रधानमन्त्रीमा चुनाव लड्ने घोषणा गरेकी छन् । हालकी राजाकी दिदी ६७ वर्षकी उबोरत्ना माहिडोलले पूर्वप्रधानमन्त्री थाकसिन सिनावात्राको निकट रहेको दलबाट प्रधानमन्त्रीमा उम्मेदवारी दिएकी हुन् ।

उनको निर्णयले राजनीतिबाट टाढै रहने थाई राजपरिवारको परम्परा तोडिएको छ । थाइल्याण्डमा आउँदो २४ मार्चमा प्रधानमन्त्रीको निर्वाचन हुँदैछ । यो निर्वाचनलाई ५ वर्षको सैनिक शासनपछि थाइल्याण्डमा पुन प्रजातान्त्रिक प्रणाली सुरु गर्ने मौका हुन सक्ने भन्दै महत्वका साथ हेरिएको छ ।

राजकुमारी उबोरत्ना राजकन्या श्रीबन्दना बर्नाभदी सन् १९५१ मा थाइल्याण्डका पूर्वराजा भूमिबोल अदुल्यादेजको पहिलो सन्तानको रुपमा जन्मिएकी हुन् । म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा पढेकी उनले सन् १९७२ मा अमेरिकी नागरिकसँग बिहे गरी राजपरिवार त्यागेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Media Auto Publish Powered By : XYZScripts.com