Mon. Apr 22nd, 2019

दाङका केशर र सुशिला राष्ट्रिय बक्सिङको फाइनलमा

दाङका केशर र सुशिला राष्ट्रिय बक्सिङको फाइनलमा लक्ष्मण बस्नेत २५ माघ तुलसीपुर दाङ । काठमाण्डौमा जारी विर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा दाङका केशर खत्री र सुशिला थापा फाइनलमा प्रवेश गरेका छन् ।
विर गणेशमान फाउण्डेशन काठमाण्डौको आयोजनामा संचालित प्रतियोगितामा प्रदेश नं ५ को प्रतिनिधित्व गर्दै थापाले सेमिफाइनलमा प्रदेश नं ३ की शुस्मा तामाङलाई ४८ के.जी तौल समुहमा पराजीत गर्दै फाईनल यात्रा पक्का गरेकी हुन् । उनि नेपाल पुलिसकी दिवाना शेर्पा संग फाइनलमा भिड्नेछिन् ।
८१ केजि तौल समुहमा प्रदेश न ४ का सुसन पुनलाई सेमिफाइनलमा पराजित प्रदेश न ५ को नेतृत्व गरेका केशरले फाईनल यात्रा पक्का गरेका हुन !त्यस्तै दाङका गणेश थापा सेमीफाइनल प्रवेश गरेका छन । पुरुष ६० के.जी तौल समुहमा प्रदेश नं २ का सुदिप घिसिङलाई क्वाटर फाईनलमा पराजीत गर्दै प्रदेश नं ५ को नेतृत्व गरेका गणेश थापाले सेमिफाइनल यात्रा तय गरे !

Leave a Reply

Your email address will not be published. Required fields are marked *