Mon. Apr 22nd, 2019

न्यूनतम पारिश्रमिकका सम्बन्धमा पत्रकार महासंघले प्रत्येक सञ्चार माध्ययममा अनुगमन गर्ने !

काठमांडौ । नेपाल पत्रकार महासङ्घले आइतबारदेखि श्रमजीवी पत्रकार ऐनले लागु गरेको सञ्चारकर्मीको न्यूनतम पारिश्रमिकका सम्बन्धमा सञ्चार प्रतिष्ठनमा अनुगमन गर्ने भएको छ ।

महासङ्घको केन्द्रीय सदस्यको बैठकले आइतबारदेखि सञ्चार प्रतिष्ठानमा अनुगमन गर्ने र अनुगमनका क्रममा ऐन कार्यान्वयन नगरेको पाइएमा त्यस्ता सञ्चार प्रतिष्ठानमा आन्दोलन गर्ने निर्णय गरेको हो । बैठकले विभिन्न प्रदेश र स्थानीय तहले जारी गरेका आमसञ्चार नीति र संसद्मा प्रस्तुत गरेका ऐनमा प्रेस स्वतन्त्रता सङ्कुचन गर्ने प्रावधान रहेकाले त्यसलाई तत्काल सच्याउन माग गरीएको छ ।

यस क्रममा सरोकारवाला पक्षबीच व्यापक छलफल तथा अन्तक्र्रिया गर्नुका साथै महासङ्घको आधिकारिक धारणा प्रदेश र स्थानीय सरकारसमक्ष प्रस्तुत गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *