गरीवको नाममा बिदेश घुम्छन हाकिम सापहरु ! राज्यकोषको लाखौ रकम हिनामिनाको खाश खुलाशा (लाल्टिन खबर खोज)


गरिवी निवारण कोषमा ब्यापक भ्रष्टचार
बिदेश भ्रमण शिर्षक राखेर बिदेशै नगई लाखौँ रकम हिनामिना,पदीय मर्यादाको चरम दुरुपयोग

-लाल्टिन खबर बिशेष ब्युरो

काठमाडौँ । गरिवी निवारण कोषमा ब्यापक भ्रष्टचार भएको पाईएको छ राष्ट्रिय सतर्कता केन्द्रले तयार पारेको‘गरीवी निवारण कोषमा भएको अनियमितता सम्वन्धि छानबिन प्रतिबेदन २०७५’ ले कोषमा बिदेश भ्रमणको शिर्षकमा लाखौँ हिनामिना हुने गरेको पाईएको हो । केन्द्रमा तथा प्रधामन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कोषमा अनियमितता र भ्रष्टाचार भएको भन्ने उजुरीका आधारमा याम प्रसाद भुसालको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति वनाईएको थियो ।

समितिले तयार पारेको प्रतिबेदनमा गरीव र कालिगढको नाम राखेर उच्च सरकारी कर्मचारी नै बिदेश भ्रमणमा गएको देखिएको हो । जापान सामाजिक बिकास कोष अन्तर्गत दैलेख, दाङ, कपिलबस्तु, तेह्रथुम, गोरखा, ललितपुर, म्याग्दी र धनुषा गरी ८ जिल्लामा सञ्चालित भईरहेको द्वन्द प्रभाबितका लागि बजार निर्माण परियोजना अन्तर्गत वाँसवाट निर्मित हस्तकलाहरुको उत्पादित सामाग्रीहरुको राष्ट्रिय तथा अन्तर्रा्ष्टिय स्तरमा वजार प्रवर्दन, उत्पादन लगायतको अध्ययन गर्ने उद्येश्यले भारत भ्रमणका लागि तयार ३१ जनाको लागि भन्दै रु. ५१ लाख४३ हजार १ सय २६ रुपैँया रकम प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालय मार्फत अर्थ मन्त्रालयको स्वीकृतीको लागि कार्यक्रम संयोजक सतिशचन्त्र झाले २०७४ असोज २६ गते कार्यकारी निर्देशक समक्ष पेश गरेका थिए । सोहि अनुसार प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालय र अर्थ मन्त्रालयवाट सहमति प्रदान गरिएको देखिएकोे थियो ।

 

रकम हिनामिनाका लागि नाम समेत परिवर्तन गरीएको पाईएको छ । उपाध्यक्ष स्तरवाट निर्णय गरी २०७४ मंसिर २५ मा भ्रमण टोलीको नामावली परिबर्तन गर्ने गरिएको थियो । टोलीमा ३५ जना सहभागि रहको देखिएको छ । तर, उक्त भ्रमण टोलिमा १४ जना मात्र कालिगढलाई समाबेश गरी बाँकि बिभिन्न कार्यालयका उच्च तहका सरकारी कर्मचारी नै भ्रमणमा गएको देखिएको छ ।

यसवाट गरीवको नाममा उच्च सरकारी अधिकारीहरु नै बिदेश भ्रमणमा गएको र कोषको लाखौ रकम हिनामिना भएको देखिएको छ ।कार्यक्रम स्वीकृत गराई कार्यक्रममा जानका लागि रकम भुक्तानी गर्ने बिदेश नै नगई रकम हिनामिना समेत गरेको देखिएको छ ।

संलग्न कागजातमा आधारमा केन्द्रले एस ट्राभल्स सर्भिस प्रालिबाट ११ लाख ८६ हजार ६सय रकम टिकट खरिदको लागि भन्दै माग गरीएको र कोषले ३१ डिसेम्वर २०१७ मा भुक्तानी गरेको र यसरी राज्यकोषको लाखौँ रकम हिनामिना हुन गएको देखिन्छ ।केन्द्रले यसमा संलग्नलाई कारवाही गरी रकम अशुलउपर गर्न सुझाब दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Media Auto Publish Powered By : XYZScripts.com