खैरो हेरोइनसहित सेनाका जवान पक्राउ


काठमाडौं । अवैध लागुऔषध ‘खैरो हेरोइन’ सहित नेपाली सेनाका जवान पक्राउ परेका छन। पक्राउ पर्नेमा बहालवाला जवान ऐकन्द्र शाही रहेका छन ।

नेपाली सेनाको ललिपुरस्थित ब्यारेकमा कार्यरत शाहीलाई काठमाडौं–२६ स्थित सगरमाथा गेष्ट हाउसबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

शाहीसँगै लागुऔषध कारोबारमा संलग्न कैलालीका कृष्ण भण्डारीलाई पनि प्रहरीले शनिवार नियन्त्रणमा लिएको छ ।

सगरमाथा गेष्ट हाउसको कोठा नम्बर–१०३ बाट पक्राउ परेका शाही र भण्डारीको साथबाट प्रहरीले २२ ग्राम खैरो हेरोइन बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Media Auto Publish Powered By : XYZScripts.com