Mon. Apr 22nd, 2019

एसएसपी बढुवामा एसपीको असन्तुष्टि ! अनुसन्धान महाशाखाका प्रवक्ताले दिए राजीनामा

काठमाडौं । नेपाल प्रहरीका उपरीक्षक (एसपी) नरेन्द्र उप्रेतीले पदबाट राजीनामा दिएका छन। एसएसपी बढुवामा असन्तुष्टि जनाउँदै उनले राजिनामा दिएको प्रहरी स्रोतले बताएको छ । उनी महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुमा कार्यरत् थिए ।

शनिबार मात्र बढुवा सिफारिस समितिको बैठकले १४ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरेको थियो । एसएसपी बढुवाका दाबेदार रहेका उप्रेतीको नाम भने बढुवामा परेको थिएन । उनले आइतबार प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *