Mon. Apr 22nd, 2019

काठमाडौँ महानगरपालिकाले छिमेकी नगरपालिकालाई दियो ९ करोड ! यस्तो छ योजना

काठमाडौँ, २७ माघ। काठमाडौँ महानगरपालिकाले छिमेकी नगरपालिकालाई समृद्ध बनाउने नीतिअनुरुप उद्यान निर्माणका लागि नौ नगरपालिकालाई रु एक÷एक करोड उपलब्ध गराएको छ ।

महानगरपालिका र काठमाडौँ जिल्लाभित्रका नगरपालिकाबीच नगर साझेदारी कार्यक्रमअन्तर्गत आज टोखा नगरपालिकाबाहेक अन्य नगरपालिकालाई रु एक–एक करोड रकम उपलब्ध गराइएको छ ।

कामपाको गत शुक्रबार बसेको २९औँ बोर्ड बैठकको निर्णयअनुसार उक्त रकम कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नौ नगरपालिकाका प्रमुखलाई हस्तान्तरण गर्नुभएको हो । कामपाको साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँका नगरपालिकाको हरियाली प्रवद्र्धन, पार्क निर्माण र सार्वजनिक जग्गा संरक्षण कार्यका लागि रकम हस्तान्तरण गरिएको कामपाले जनाएको छ ।

कामपा प्रमुख शाक्यले छिमेकी नगरपालिका मजबुत नभएसम्म काठमाडौँ महानगर मजबुत नहुने भन्दै छिमेकी नगरसँगको सहकार्यमा उद्यान निर्माणपछि अर्थतन्त्र बलियो हुने धारणा राख्नुभयो ।

कामपाका उपप्रमुख हरिप्रभा खड्गीले महानगरमा नै धेरै विकास गर्नुपर्ने हँुदाहुँदै पनि छिमेकी नगरपालिकालाई सहयोग गर्नु कामपाको उदाहरणीय कार्य रहेको भन्दै प्रदान गरिएको रकम सम्बन्धित शीर्षकमा नै खर्च गर्न आग्रह गर्नुभयो । यसै कार्यक्रमअन्तर्गत गएको असार २० गते टोखा नगरलाई बौडेश्वर महादेव क्षेत्रमा बाल उद्यान निर्माणका लागि रु एक करोड प्रदान गरिएको थियो ।

उपत्यकाका एकीकृत विकास कार्यक्रमअन्तर्गत यी कार्यक्रम गरिएको हो । आव २०७५÷७६ मा विनियोजित बजेटअनुरुप प्रथम पक्ष कामपाले दोस्रो पक्ष अन्य नगरपालिकालाई रकम दिएको हो । परियोजना निर्माण आव २०७५÷७६ मा शुरु गरिसक्नुपर्ने सम्झौतापत्रमा भनिएको छ । उक्त रकम सो परियोजनाबाहेक अन्य क्षेत्रमा लगानी गर्न पाइने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *