Mon. Apr 22nd, 2019

प्रचण्ड र अमेरिकी राजदूतवीच ‘गोप्य’ भेट !

 भेनेजुएला प्रकरणमा अमेरिकाको आलोचना गरेका नेकपा अध्यक्ष प्रचण्डलाई शनिबार अमेरिकी राजदूत र्‍याण्डी बेरीले निवासमै गएर भेट गरेको नेकपाका एक नेताले खुलासा गरेका छन् । राजदूत बेरीले प्रचण्डलाई अमेरिका भ्रमणको निम्तोसमेत दिएको ती नेताको दाबी छ ।

अमेरिकी राजदूत बेरीले शनिबार खुमलटारस्थित निवासमै गएर नेकपा अध्यक्ष प्रचण्डसँग भेट गरेको नेकपाका केन्द्रीय नेता एवं सांसद देवेन्द्र पौडेलले बताए ।

आइतबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेकपा नेता पौडेलले भने, ‘नेपालस्थित अमेरिकी राजदुत र हाम्रो पार्टीका अध्यक्ष प्रचण्डबीच हिजो एक्लाएक्लै भेटवार्ता भैसकेको छ । अब यो समस्या (भेनेजुएला प्रकरण) हल भयो ।’

अमेरिकी राजदुतले प्रचण्डलाई अमेरिका भ्रमणको निम्तोसमेत दिइसकेको नेकपा नेता पौडेलले खुलासा गरे । उनले भने, ‘सबै कुरा मिलिसक्यो । सहमति भैसक्यो । अब यसलाई अनावश्यकरुपमा उचाल्नुहुँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *