Mon. Apr 22nd, 2019

वार्षिक दुई लाख बढी रोजगारी सिर्जना गर्दै सरकार, अब वन्यजन्तु पाल्न, बेच्न र खान पाइने

सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’अन्तर्गत सार्वजनिक निर्माणको पुँजीगत खर्च बढाएर थप दुई लाख ३६ हजार वार्षिक रोजगारी सिर्जना गर्ने योजना बनाएको छ । सार्वजनिक निर्माणको खर्चलाई बढाएर रोजगारी सिर्जना गर्न लागिएको भएको हो ।

यो रोजगारी संख्या निजीबाहेक सरकारी बजेटबाट सिर्जना हुने जनाइएको छ । हाल सरकारले पुँजीगत खर्चअन्तर्गत सार्वजनिक निर्माणका लागि दुई खर्ब २५ अर्ब ५७ करोड ९२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यसमध्ये औषत १२.१२ प्रतिशत अर्थात् ३३ अर्ब ८३ करोड ६८ लाख मात्र श्रमसँग सम्बन्धित शीर्षकमा खर्च हुने गरेको देखिन्छ ।

हाल खर्च भइरहेको ३३ अर्ब ८३ करोड रुपैयाँले वार्षिक औषत छ लाख २१ हजारलाई न्युनतम रोजगारी (सय दिन) रोजगारी पाउनेछन् । सार्वजनिक परियोजनाको सम्पूर्ण खर्चमध्ये ज्यालामा मात्र खर्च भइरहेको १५ प्रतिशत बजेटलाई बढाएर अनिवार्य खर्च गर्ने व्यवस्था गर्न नीतिगत व्यवस्था गरिने भएको छ । यसबाट सरकारले तोकेको न्यूनतम रोजगारी १०० दिन बराबर ५५ हजार रुपैयाँ पारिश्रमिक पाउने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *