Mon. Apr 22nd, 2019

अब अत्याधुनिक प्रविधि ‘टोमोथेरापी’बाट वीर अस्पतालमा क्यान्सरको उपचार

काठमाडौँ । क्यान्सररोगीलाई रेडियोथेरापी दिने संसारकै अत्याधुनिक उपकरण ‘टोमोथेरापी’ केही दिनमै वीर अस्पतालमा जडान गरिने भएको छ। भारतमा पनि तीन ठूला अस्पताल मेदान्त, कोलकाता टाटा मेमोरियल र मुम्बई टाटा मेमोरियलमा मात्रै भएको यो मेसिन चार वर्षको पहलपछि नेपालमा पहिलोपटक ल्याइएको हो ।

२० वर्ष पहिले ल्याइएको कोबाल्ट मेसिन ०७२ मा बिग्रिएपछि वीरमा क्यान्सररोगीलाई रेडियोथेरापी सेवा पूर्ण रूपमा बन्द भएको थियो। टोमोथेरापी नेपाल भित्रिएको तीन महिना भइसके पनि वीरमा बिग्रिएको कोबाल्ट हटाउन नसक्दा प्रयोगमा ल्याउन सकिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *