Mon. Apr 22nd, 2019

कोटेश्वरमा बसले ठक्करबाट एकको ! चालक फरार,स्थिति तनावग्रस्त

काठमाडौं । बसले ठक्करबाट कोटेश्वरण्डमा एक पैदलयात्रुको दुर्घटनामा परी मृत्यु भएको छ । सोलुखुम्बु घर भई गैरीगाँउ बस्दै आएका ४९ वर्षका पदम कार्कीलाई ठक्कर दिएपछि मृत्यु भएको हो ।

आज सोमबार बिहान साढे ५ बजे कोटेश्वरवाट एयरपोर्ट तर्फ जादै गरेको बा३ ख ७०५७ नम्बरको बसले पैदल यात्री काकीलाई ठक्कर दिएको थियो । बसको ठक्करपछि गम्भीर घाइते भएका कार्कीलाई मेडिकल कलेज सिनामंगल लगिएको थियो ।

उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस महानगरीय प्रहरी बृत गौशालाको नियन्त्रमा रहेको र बस चालक फरार रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *