नेपालमा लगानी सम्मेलन भाँड्ने खेल भईरहेको प्रधानमन्त्रिको खुलाशा ! भन्छन -‘‘अरुण तेस्रोमा आतंककारीले आक्रमण गरे ‘


लगानी सम्मेलन भाँड्ने खेल
देशको विकासमा अवरोध गर्ने खालका प्रवृत्ति विकास भएको र त्यसलाई गम्भीरतापुर्वक लिंदै बाधाहरु पन्छाउँदै सरकार अघि बढिरहेको

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा हुन लागेको लगानी सम्मेलन भाँड्ने खेल भईरहेको बताएका छन। सोमबार गृहमन्त्रालयमा आयोजित प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधामन्त्री ओलीले भाँड्ने नियतका साथ संखुवासभास्थित अरुण तेस्रो जलविद्युत् परियोजनाको कार्यालयमा आक्रमण भएको बताएका हुन् ।

उनले यस्ता नकारात्मक तत्वले देशमा फेरि द्वन्द्व मच्चाउन चाहेको भन्दै यसतर्फ सचेत हुनुपर्ने प्रधानमन्त्री ओलीले सबैमा आग्रह गरेका हुन्। उनले अरुण तेस्रोमा आक्रमण गर्नेलाई आतंककारीको रुपमा उल्लेख गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्रिले भने ‘केही दिनअघि मात्रै अरुण तेस्रो जलविद्युत् परियोजनाको कार्यालय र निर्माणमा प्रयो गरिएका मेसिनमा आक्रमण भएको छ’, ओलीले भने, ‘त्यहाँ एउटा आयोजनाको मेसिन र कार्यालय तोडफोड गरिएको मात्रै होइन, नेपालको विकासलाई रोक्ने खेल पनि भएको हो । अरुण तेस्रोमा आक्रमण आतंककारी क्रियाकलाप हो । नेपालमा हुन लागेको वैदेशिक सम्मेलन रोक्न यो कार्य भएको हो । नेपाललाई अन्धकार युगमा राख्ने नियतका साथ गरिएको यो अपराधिक कृयाकलाप हो ।’

साथै उनले देशको विकासमा अवरोध गर्ने खालका प्रवृत्ति विकास भएको र त्यसलाई गम्भीरतापुर्वक लिंदै देश विकासका बाधाहरु पन्छाउँदै सरकार अघि बढिरहेको बताए।

लामो समय द्वन्द्वका बिजनेस चलाउन खोजिएको उनको आरोप छ। अहिले पनि देशमा उत्तिकै चुनौती रहेको ओलीले बताए । जनतामा निराशा बढाउने कोशिश भइरहेको तर्फ संकेत गर्दै ओलीले भने -‘ यो सरकार गतिलो भएन भने अर्को सरकार बनाउने बाटो छ, व्यवस्था गलत छ भने संविधान फेर्ने अधिकार छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Media Auto Publish Powered By : XYZScripts.com