आफै पिडामा छ शिक्षण अस्पताल, निजीमा रेफर गर्ने थलो बन्दै (खोजी)


दैनीक आठदेखि १० जना बिरामीहरु रिफर हुने गरेको इमरजेन्सी वार्डले जनाएको छ । वार्डका प्रमुख डा. योगेन्द्रमान शाक्यका अनुसार इमरजेन्सीमा ६० वटा बेडहरु छन् । उनले भने, ‘दैनिक एक सय ३० जनासम्मको संख्याका बिरामीहरु इमरजेन्सी कक्षमा आउनुहुन्छ । करीव ६ सय वेड छन् । एक हजार दुइ सय वेड अझै आबश्यक छ । ’ जनसंख्या बढ्दै गएपनि बेडको संख्या नबढाउँदा बिरामीहरुलाई रेफर गर्नुपर्ने बाध्यता आएको बताइएको छ ।

विरामीको वेहाल, दैनिक १० जना रेफर !

प्रशान्त वली, काठमाडौं ।

मितीः २०७५ माघ २९

समय: विहान १०ः७

स्थानः त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज

अस्पतालको गेटभित्र छिर्दा विरामीहरु डाक्टरको पर्खाइमा देखिन्छन् । आफन्तहरु निराश जस्ता देखिन्छन् । हस्याङफस्याङ गर्दै डक्टरको खोजी गरिरहेका छन् । तर अधिकांश डक्टरहरु विरामीको उपचारका लागि समयमा नै आएको देखिदैन् । केहि वेडमा विरामीहरु छटपटिरहेका छन् तर, अस्पतालका स्वास्थ्यकर्मीहरुको ध्यान छटपटिरहेको विरामीमा खासै पर्न सकेको देखिदैन् ।

विरामीहरु प्रति न त अस्पताल प्रशासनले वास्ता गरेको देखियो न त डाक्टरहरुले नै । अस्पतालका डक्टर र कर्मचारीहरुमा सेवाको भावना भन्दा जागिर खाने र समय कटाउनेमा नै केन्द्रित देखिन्छन् ।

काठमाडौंका ८१ वर्षिया रमिता श्रेष्ठलाई एक्कासी छाति दुख्ने समस्या भएपछि आइतबार बेलुकी सो अस्पतालमा भर्ना गरीयो । उनका आफन्त समित श्रेष्ठले भने, ‘के गर्नु इमरजेन्सीमा ल्याइयो । भर्ना गर्नुपर्ने भनेका छन् डाक्टरले । अस्पतालले अन्यत्रै रिफर गर्नुस भर्ना गर्ने ठाउँ छैन भनेका छन् । खोइ तनावमा छु हेर्नुस ।’

काठमाडौं वसुन्धाराकी ६१ वर्षीय लक्ष्मी दाहाल बिहान १० बजेर आठ मिनेटमा अस्पताल पुग्छीन् । उनको खुट्टा निकै सुन्निएको छ । श्रीमान् अच्युतप्रसाद दाहाल एकछिन कहाँ जाने कसरी सेवा लिने भन्नेमै अलमलिन्छन् । लगत्तै हाडजोर्नि ओपीडी अर्थात् (ए–फाइभ) मा पुग्छन् । दाहालले डाक्टरलाई पर्चा दिन खोज्दा डाक्टर झर्किन्छन् । मलाइ दिने होइन उ ? उहाँलाइ दिनुस भन्ने जबाफ फर्काउँछन् । यताउता भौतारीएपछि आधा खण्टा अर्थात् १०ः३७ मा लक्ष्मीको पालो आउँछ । अस्पतालमा डाक्टरहरुको नाम समेत टाँसीएको देखिदैंन । डाक्टरले लक्ष्मीलाई एक्सरे गर्न भन्छन् । उनका श्रीमान् एक्सरेका लागि हिमालय वैकंमा पैंसा तिर्ने लाइन लाग्छन् । उनको पालो सात जनापछि आउँछ । त्यसपछि उनी एक्सरेको रिपोर्ट लिएर श्रीमति सहित सवा १२ बजे डाक्टर कहाँ पुग्छन् । लक्ष्मीले डाक्टरसंग भनिन् , ‘पाँच दिन भयो खुट्टा असाध्यै दुखेको छ । वस्न, उठ्न समेत अफ्ठेरो हुन्छ ।’ तर, डाक्टरहरु उनको उपचारमा संबेननशीलता नदेखिएर फोनमा व्यस्त देखिन्छन् । अन्ततः उनी सवै प्रकृया पुरा गरेर तीन घण्टा पछि अस्पतालको गेटबाट बाहीर जान्छन् ।

तनहुँकी ४० वर्षिया रसीता मिया मृगौलामा समस्या भएपछि अस्पतालमा फलोअपका लागि विहान ९ बजे पुगीन् । उनले भनीन्, ‘अहिले सवा १२ बजीसक्यो, पालो नै आएन हेर्नुस त ? डाक्टरहरु पनि हुनुहुन्न । वार्डमा जानुभएको छ रे । ’

विरामी लिएर आएका मदन रावतले भने, ‘कसैले कसैलाई वास्ता गर्दैनन् । झोक्कीन्छन् मात्रै । ’ उपचारका लागि बिरामीहरु अस्पतालमा पुग्दा समेत डाक्टरहरु समयमा सम्बन्धीत ओपीडीमा नभेटिने गरेको पाइएको छ । जसकारण बिरामीहरु अलपत्र पर्ने गरेका छन् ।

हाल सो अस्पतालमा दुइ सय २ डाक्टरहरु कार्यरत छन् । कर्मचारी प्रशासन शाखाले डाक्टरहरुको डियूटी तालिका राखेको छैन । वार्ड वार्डहरुबाट मात्रै जानकारी हुने सो शाखाले जनाएको छ ।

इमरजेन्सी वार्डमा आउने बिरामीहरुलाई रिफर गर्ने गरीएको छ । भर्नाका लागि पर्याप्त बेड नहुँदा इमरजेन्सीमा आएका बिरामीहरु दैनिक रिफर हुने गरेका छन् ।

दैनीक आठदेखि १० जना बिरामीहरु रिफर हुने गरेको इमरजेन्सी वार्डले जनाएको छ । वार्डका प्रमुख डा. योगेन्द्रमान शाक्यका अनुसार इमरजेन्सीमा ६० वटा बेडहरु छन् । उनले भने, ‘दैनिक एक सय ३० जनासम्मको संख्याका बिरामीहरु इमरजेन्सी कक्षमा आउनुहुन्छ । करीव ६ सय वेड छन् । एक हजार दुइ सय वेड अझै आबश्यक छ । ’ जनसंख्या बढ्दै गएपनि बेडको संख्या नबढाउँदा बिरामीहरुलाई रेफर गर्नुपर्ने बाध्यता आएको बताइएको छ ।

हाल शिक्षण अस्पतालमा भर्ना हुने कतिपय विरामीलाई नेपाल मेडिकल कलेज, काठमाडौं मोडेल कलेज, पाटन मेडिकल कलेज र किष्ट मेडिकल कलेजमा पठाइदैं आएको छ ।

One thought on “आफै पिडामा छ शिक्षण अस्पताल, निजीमा रेफर गर्ने थलो बन्दै (खोजी)

  1. सरकारी अस्पतालमा आउने बिरामी भनेका निम्न आय स्तर भएका मान्छे हुन। उनीहरुलाई अन्यन्त्र रिफर गर्नु भनेको मर भने समान हो। यो अत्यन्त निन्दनीय काम हो। सरकारी अस्पतालमा भबन थप्नु, बेड थप्नु, डाक्टर र नर्स को संख्या बढाउनु र सेवा सुविधालाई दुरुस्त पार्नु राज्यको दायित्व हो। यति पनि गर्न नसक्ने हो भने सरकारकले तुरुन्त राजिनामा दिनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *