भरतपुरमा मेयर उप-मेयर लडाई :मेयरको ध्यान महानगरको विकासमा,आफ्नै घर भएकी उपमेयरले माग्छिन घरभाडा !



चितवन। भरतपुर महानगरमा मेयर उप-मेयरबीच सुबिधाको कारण विवाद बढेको छ। आफ्नै घर हुदाँहुदै पनि भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले घरभाडा पाउन गरेको आग्रह गरेको बुझिएको छ। उनको प्रस्ताव प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले ईन्कार गरेपछि महानगरमा विवाद देखिएको हो । उपमेयरले आफुलाई प्रशासकीय अधिकृतले नटेरेको, अभद्र ब्यवहार गरेको भन्दै मंगलवारको महानगरको नियमित वोर्ड बैठकमा समेत सहभागीता समेत जनाईनन । नेपाली काँग्रेसवाट उपमेयर भएकी शाह वैठकवाट वाहिरिएपछि काँग्रेसबाट निर्वाचित वडाका अध्यक्षहरु समेत बैठक छाडेर बाहिर निस्किएका थिए ।

जनप्रतिनीधिले सरकारवाट नियमित रुपमा पारिश्रमिक पाँउछन् । भरतपुर महानगर पालिकामा मेयर रेनु दाहालको मासिक पारिश्रमिक ४२ हजार छ । त्यसवाहेक सावारी साधन, ईन्धन र घर भाडा सुविधा लिएकी छन । भरतपुर महानगरपालिका वडा नम्वर १० मा महानगर आफैले मासिक ३३ हजार ६ सय सोझै घरधनीलाई दिने गरी मेयर दाहालको लागी घरभाडामा लिएको छ । ईन्धन वापत मेयर दाहालले गत अशोजमा १४ हजार, कार्तिकमा १९ हजार र मंशिरमा १२ हजार रुपैयाँ लिनुभएको भरतपुर महानगरपालिकाकाले जानकारी दिएको छ । यो तिन महिनामा मेयरले ईन्धन वापत ४५ हजार रुपैयाँ खर्च गरेको तथ्यांकमा छ ।

त्यस्तै भरतपुर महानगरपालिकाकी उपमेयर पावर्ती शाहको मासिक पारिश्रमिक ३७ हजार छ । त्यसवाहेक ईन्धन र सवारी साधनको सुविधा पनि समेत उपलब्ध छ । उनको भरतपुर महानगरपालिका वडा नम्वर १२ मा घर छ । आफ्नै घर भएकालाई घर भाडा दिन नमिल्ने भएकाले उहाँलाई घरभाडाको रकम उपलब्ध गराउन नसकिएको महानगरपालिकाकाको दाबी छ । महानगरका एक उच्च अधिकारी भन्छन – “उपमेयरले घर भाडा वापतको रकम व्यबस्थापन गर्न मलाई भन्नुभएको हो, तर यहाँ आफ्नै घर हुदाँहुदै प्रवन्ध गर्न नमिल्ने व्यहोरा जनाएँ ,यसलाई बिबादका रुपमा नवुझौं ।”

उपमेयर शाहले ईन्धनवापत गत अशोजमा २४ हजार, कार्तिकमा ३८ हजार र मंशिरमा ३२ हजार रुपैया खर्च गरेको महानगरको रेकर्डमा उल्लेख छ यसरि हेर्दा मेयरको तुलनाम उपमेयरले ईन्धन सुबिधा समेत बढी लिएको देखिन्छ ।

ताजा अपडेट