Mon. Mar 25th, 2019

६२ करोडमा बिक्री भयो आर्थिक संकटमा परेको सौर्य एयरलाइन्स !

काठमाडौं। आर्थिक संकटका कारण उडान रोकिएको सौर्य एयरलाइन्स बिक्रि भएको छ। बिमान ६२ करोड रुपैयाँमा बिक्री भएको बताईएको छ।

भारतीय कुबेर ग्रुपअन्तर्गतको क्लब वान कम्पनीलाई एयरलाइन्स बिक्री गरिएको सौर्य एयरलाइन्सको उच्च स्रोतले बतायो। एयरलाइन्स भारतीय कुबेर ग्रुपले खरिद गरेपनि नेपाली मारवाडी समुदायको समेत सहभागी हुने भएको छ।

भारतीय कुबेर ग्रुपको ४५ प्रतिशत सेयर रहने छ भने नेपाली व्यवसायीको ५५ प्रतिशत सेयर रहने गरी एयरलाइन्स बिक्री भएको छ।

चरम आर्थिक संकटमा परेको सौर्य एयरलाइन्सले विमानस्थल सेवाशूल्क तिर्न नसक्दा गत पुस २० गतेदेखि विमानस्थल कार्यलयले उडान समेत बन्द गरिदिएको थियो। सौर्य एयरलाइन्सले विमानस्थल कार्यालयलाई मात्रै ४ करोड भन्दा बढी रकम तिर्न बाँकी छ।

योसँगै एयरलाइन्सले जनता बैंक तथा विभिन्न वित्तीय संस्थासँग लिएको ऋणको साँवा तथा ब्याज तिर्न सकेको थिएन। गत पुस २७ गते मात्रै जनता बैंकले रकम चुक्ताका लागि ३५ दिने सूचना प्रकाशन गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *